arrow

कृषि तथा उर्जा क्षेत्रमा वाणिज्य बैंकले गर्नुपर्ने कर्जा प्रवाह बढ्यो

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
maudrik-niti-nepal-national-bank.JPG.jpeg
काठमाडौं । नेपाल राष्ट्रबैंकले कृषि तथा उर्जा क्षेत्रमा गर्नुपर्ने कर्जा प्रवाहमा वृद्धि गरेको छ । राष्ट्र बैंकले विहीबार जारी गरेको मौद्रिक नीतिबाट ती क्षेत्रहरूमा वाणिज्य बैकले गर्नुपर्ने कर्जा प्रवाहमा वृद्धि गरिएको गभर्नर चिरन्जीवी नेपालले जानकारी दिए । 
 
अहिलेसम्म यी क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम सीमा १२ प्रतिशत रहेकोमा अब २०७४ असार मसान्तसम्ममा १५ प्रतिशत बनाउनु पर्ने व्यवस्था गरिएको राष्ट्रबैंकले जनाएको छ ।
 
त्यस्तैगरी, वाणिज्य बैंकहरुले विपन्न वर्गमा लगानी गर्नुपर्ने ५ प्रतिशतको कर्जा अनुपातलाई यथावत् राखी यस अन्तर्गत न्यूनतम् २ प्रतिशत कर्जा प्रत्यक्ष रुपमा लगानी गर्नुपर्ने व्यवस्था गरेको पनि राष्ट्रबैंकले जनाएको छ । तर,  विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्नुपर्ने विपन्न वर्ग कर्जा अनुपातलाई यथावत् राखेको पनि जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ