arrow

नेपालले विश्वलाई शान्तिको पाठ सिकायो : प्रम ओली

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
kp-ili.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मभूमि नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको बताएका छन् । 
 
धर्मकीर्ति विहार नघलका अध्यक्ष भिक्षुणी धम्मवतीको ८३औँ जन्मोत्सवका अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वलाई शान्तिको सन्देश दिनुका साथै विश्व बन्धुत्व, भ्रातृत्व र मानव जातीको सर्वोपरी कल्याणको उपाय बुद्धले सिकाएको उल्लेख गरे । 
 
उनले भने, ‘बुद्धले हामीलाई शान्तिको मार्गदर्शन गर्नुभएको छ । त्यसकारण हामीले उहाँको २५६०औँ जन्मजयन्तीका अवसरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेका हौँ जसले गर्दा बुद्धका सन्देश संसारभर फैलिन पुगेको छ ।’ 
प्रधानमन्त्री ओलीले नेपाल बुद्धको जन्मभूमि मात्र नभएर बुद्ध धर्म र दर्शनको स्रोत पनि भएको बताए । बुद्धले देखाएको मध्यम मार्ग र शान्तिको बाटो विश्वकै लागि प्रेरणादायी रहेको ओलीले स्पष्ट पारे । 
 
लुम्बिनी विकासका लागि पर्याप्त बजेट छुट्याइएको उल्लेख गर्दै उनले त्यहाँको विकास छिटोछरितो रुपमा गर्न निर्देशन दिएको पनि बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीको विकास गर्न जापानी प्रोफेसर केन्जो ताङ्गेले पेश गरेको  गुरुयोजना आगामी तीन वर्षभित्र पूरा गर्ने गरी कार्य अगाडी बढाइएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ