arrow

चेल्सीसँग लिभरपुलको बराबरी, यस्तो छ सात खेलको नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
liverpool-chelsea.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शनिबार सात खेल भएका छन् । जसमा तेस्रो चरणकै सबैभन्दा टक्करको खेलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । त्यस्तै आर्सनलविरुद्ध म्यानचेस्टर सिटीले एकतर्फी खेलेको छ । 

लिभरपुल १० खेलाडीमा समेटिएको चेल्सीसँग बराबरीमा रोकिएको हो । लिभरपुलको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । 

खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मोहमद सलाहले पेनाल्टीबाट गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो ।

चेल्सीका डिफेन्डर रिस जेम्सले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । रेफ्रीले जेम्सलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका थिए । जेम्सले साडियो मानेको प्रहार गोललाइनबाट हातको सहाराले बल क्लियर गरेका थिए ।

तर दोस्रो हाफमा १० जना खेलाडीमात्र रहेर खेलेको चेल्सीमाथि लिभरपुल हावी हुन सकेन र अन्त्यमा बराबरीमै रहन वाध्य भयो । 

अन्य खेलको नतिजा 
म्यानचेस्टर सिटी (फरान टोरेस २) ५–० आर्सनल
एस्टन भिल्ला १–१ ब्रेन्टफोर्ड
ब्राइटन एन्ड होभ आल्बियन ०–२ एभर्टन
न्यूकासल युनाइटेड २–२ साउथह्याम्पटन
नर्विच सिटी १–२ लेस्टर सिटी
वेष्टह्याम युनाइटेड २–२ क्रिस्टल प्यालेस 

आइतबार तीन खेल हुँदै–
बर्नली र लिड्स युनाइटेड (१८ः४५ बजे)
टोटनह्याम हट्सपर र वाट्फोर्ड (१८ः४५) 
वुल्भरह्याम्पटन वान्डेरर्स र म्यानचेस्टर युनाइटेड (२१ःः१५ बजे) 

अंक तालिका
३ खेलबाट ७ अंकसहित वेष्टह्याम, चेल्सी, लिभरपुल र एभर्टन क्रमशः पहिलोदेखि चौथो स्थानमा रहेका छन् । 

६ अंकबाट म्यानचेस्टर सिटी, टोटनह्याम, ब्राइटन र लेस्टर क्रमशः पाँचौंदेखि आठौं स्थानमा रहेका छन् । 

आर्सनल र नर्विच अंकविहीन हुँदै पुछारमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ