arrow

पदको दुरुपयोग : टेण्डर भैसकेको ‘फेरी’को निर्णय उल्ट्याउँदै संचारमन्त्री

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
sher-dhan-rai.jpg.jpeg
काठमाडौं । भोजपुरको दिङला र संखुवासभाको खाँदबारी जोड्ने अरुण नदि स्थित कात्तिके घाटका लागी टेण्डर प्रक्रिया पूरा भै कार्यान्वयनको चरणमा रहेको फेरी संचार मन्त्री शेरधन राईले सडक विभागमा अनावश्यक दबाब दिएर रोक्न खोजेका छन् । 
 
लेगुवा घाटमा रहेको प्रयोग विहिन फेरीलाई कात्तिके घाटमा लैजानका लागि सबै प्रक्रिया पुरा गरिसकेको अवस्थामा व्यत्तिगत रिसिइवीका आधारमा मन्त्री राईले आफ्नो पदको दुरुपयोग गर्दै सुनबालुवा लान सडक विभागका कर्मचारीलाई दबाब दिएको खुल्न आएको छ । 
 
लम्छुवा घाटको पुल लामो समय देखि बन्न नसम्दा भोजपुरको उत्तरी र पुर्वी क्षेत्र देउराली, बोया, कुलुङ्, साङपाङ, कुदाककाउले, केउरेनिपानी, मुलपानी, तुङ्गेछा, नेपालेडाडाँ, खार्तम्छा लगायतका २० गाविसका साथै संखुवासभा र सोलुखुम्बुका गरी बिसौं हजार नागरीकले सास्ति व्यहोर्दै आएका छन् ।
 
यस्तो अवस्थामा समेत आफ्नो क्षेत्रका सिमित जनतालाई फाइदा पुग्ने गरी उत्तरी क्षेत्रका हजारौं जनताको सुविधा र सेवा खोस्ने नियतिका साथ फेरी सार्न खोज्नु आपत्तिको विषय रहेको उक्त क्षेत्रका नागरीकले बताएका छन् । 
 
मन्त्री राईले पटक–पटक फेरी रद्ध गरी सुनबालुवामा लैजान दबाब दिएपछि दिङ्ला लगायत २० गाविसका नागरीकले राईले जनविरोधी र विकास विरोधी कलम चालेको आरोप लगाएका छन् । उनीहरुले निर्णय भैसकी कार्यन्वयनको चरणमा रहेको फेरी अन्यन्त्र सार्न दबाव दिनु जनहित विपरित भएको भन्दै आक्रोस पोखेका छन् । 
 
दिङ्लाका नागरीक अगुवा शम्भु अधिकारीले मन्त्री राई क्षेत्र विरोधी भएको भन्दै यसको मुल्याङ्कन समय आएपछि हुने बताए । उनले फेरी राख्नका लागी १३ लाख रुपैयाँ निकासा भैसकेको भन्दै यो फेरी संचालनमा आए २० गाविस र छिमेकी जिल्ला संगको व्यपार व्यवसाय सहित आवत जावतमा समेत सहज हुने उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ