एजेन्सी । बलिउडका दबंग स्टार सलमानको चलचित्र 'सुल्तान'ले कमाईको कयौ रेकर्ड बनाएको छ । चलचित्रले ४०० करोड भारतिय रुपैया भन्दा ज्यादा कमाई गर्दै बलिउडको सबै भन्दा ज्यादा कमाई गर्ने सूचिको सातौ स्थानमा पुगेको छ ।
चलचित्रले एक सप्ताह भित्र ४०८ करोड कमाएको हो । अहिले उनको भन्दा माथि सन् २०१३ मा रिलिज आमिर खानको चलचित्र 'धूम-३', सलमान आफ्नै 'बजरंगी भाईजान' र 'पीके' लगायत रहेका छन् । कमाईको सिलसिलामा पीके ७९२ करोड रपैयाका साथ सूचिको शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै सलमान खानको चलचित्र 'बजरंगी भाईजान' ६२६ करोड रुपैयाको साथ दोस्रो स्थानमा छ । ६०० करोडको कमाइका गर्ने चलचित्र 'बाहुवलि' सुचिको तेस्रो स्थानमा र ५४२ करोड रुपैया सहित आमिर खान की 'धूम-३' चौथो स्थान रहेको छ ।
त्यस्तै पाचौँ र छैठौ स्थानमा क्रमश 'प्रम रतन धन पायो' र 'चेन्नाइ एक्सप्रेस' रहेको छन । सलमानको सुल्तान गत हप्ता रिलिज भएको हो ।