arrow

सरकार ढल्दा सिँगो मधेशमा खुशी छाएको छ :लक्ष्मणलाल कर्ण

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
laxman-lal-karna.jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले मोर्चा प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘ केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौं, मधेशी मर्दा आँप झर्‍यो भन्ने सरकार ढल्दा सिँगो मधेश यतिवेला खुशी छ, म भर्खरै मधेशबाट आएको छु, सरकार ढलेकोमा मधेशीहरु खुशीयाली मनाईरहका छन ।’
 
काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा मधेशी मोर्चा सहभागी हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘हामी राजनीतकर्मी हौं, हामी मठमन्दिरको पूजा गर्न आएका जोगी होईनौं, सन्यासी भएर बसिरहन हामीले राजनीति गरेकै होईन, हामी बाहिर बस्नुपर्छ भन्ने केही छैन, संविधानमा हाम्रो अधिकार सुनिश्चित भएको भोलिपल्टै हामी सरकारमा जान्छौं ।’ 
 
यद्धपी उनले काँग्रेस र माओवादीसँग अहिलेपनि मधेशी मोर्चाको पूर्ण विश्वास नभएको टिप्पणी गरे । उनले थपे,‘उनीहरुले हामीसँग कुरा गरेकोले भोट दिन्छौं, अब काम गरेपछि साथ दिन्छौं, सरकारमा पनि जान्छौं ।’ कर्णले ओलीविरुद्धको अविश्वासको प्रस्तावमा काँग्रेस–माओवादीलाई साथ दिने र नयाँ प्रधानमन्त्री बनाउन संसदमा भोट हाल्ने समेत बताए ।  
 
कर्णले मधेशी मोर्चा लगायत आदिवासी, जनजाति, दलितका खोसिएका अधिकारलाई पूर्नस्थापित नगरेसम्म सरकारमा सहभागी जनाउन नसकिने प्रष्ट पारे । मधेशी मोर्चाको पछिल्लो निर्णयबारे आफूभन्दापनि बढि जानकार पत्रकार ऋषि धमला भएको भन्दै उनलाई नै सोध्नुपर्ने कर्णको भनाई थियो । उनले भने,‘मलाई भन्दाबढि मोर्चाको निर्णयबारे ऋषिजीलाई थाहा हुन्छ ।’
 
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव पेश भईसकेकोले ओली अल्पमतको परेकाले नैतिकताको आधारले राजिनामा नदिनु संसदीय प्रक्रियाको बर्खिलाप भएको आरोप लगाए । 
 
उनले भने,‘ओलीले अविश्वासको प्रस्ताव फेश गर्छु भन्नु ठिकै हो, तर अविश्वासको प्रस्तावको पक्षमा स्पष्ट बहुमत देखिसकेको छ, अब ढिला नगरी राजिनामा दिनुपर्छ ।’
नपाली काँग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेर बहादुर देउवालाई सरकारको नेतृत्व गर्न आग्रह गरेपनि त्यो ढिला भैसकेको तर्क गर्दै भने,‘अब धेरै ढिला भैसक्यो, हामी धेरै अगाडि बढिसक्यौं ।’
 
नेता लेखकले थपे,‘काँग्रेसले प्रधानमन्त्री बन्न पाईन्छ भनेर विकल्प खोजेको होईन, ओली नेतृत्वको सरकारले राष्ट्रिय एजेण्डा बोक्न नसकेको कारण विकल्प खोज्न बाध्य भएका हौं ।’ उनले ओली सरकारकै कारण बजारमा चरम महँगी बढेको, कालोबजारी र भ्रष्टाचार मौलाएको भन्दै उनको विकल्प खोजेको तर्क गरे । 
वर्तमान सरकारले आफ्नै सत्ता साझेदार दललाई समेत चित्त नबुझाएको कारण सरकार अल्पमतमा परेको उनको दाबी छ । उनले भने,‘आफ्नै सहकर्मीलाई चित्तः बुझाउन नसक्ने अनि हामीले गजब गरेका छौं भनेर भाषणमात्रै गरेर हुन्छ ?’
 
एमाले नेता तथा पर्यटन मन्त्री आनन्द पोखरेलले काँग्रेस–माओवादी केन्द्रवीच अध्याँरो कोठामा ७ बुँदे सम्झौता गरेको भन्ने आरोपको खण्डन गर्दै भने,‘हामीले उज्यालो कोठा मै सहमति गरेका हौं, ७ बुँदे ससंद भवनकै सेरोफेरोमा लेखिएको हो, यो कुनै होटल वा कसैको साहारामा लेखिएको होईन, हामीले लेखेका हौं, संसदलाई अध्याँरो कोठा भन्नुहुन्छ भने केही छैन ।’
 
उनले ओलीविरुद्ध अविश्वासको प्रस्ताव सफल हुने समेत दाबी गरे । उनले भने,‘हामीसँग स्पष्ट बहुमत छ, ओलीले राजिनामा दिए राम्रो हुन्छ ।’ लेखकले प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । प्रधानमन्त्रीले तत्काल राजिनामा दिए आधा घण्टाभित्र आश्रित विद्येयक पारित गर्ने उनको दाबी छ । 
उनले एक हप्ताभित्र अविश्वासको प्रस्तावले पूर्णता पाउने भन्दै आठौं दिनमा अविश्वासको प्रस्ताव पारित भई नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने बताए । 
निर्वतमान मन्त्री एवम् नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हरिबोल गजुरेलले माओवादी केन्द्रको एजेण्डा नै धरापमा परेकाले ओली नेतृत्वको सरकारबाट बाध्य भएर बाहिरिएको दाबी गरे । उनले वर्तमान सरकार संविधान कार्यान्वयन, पूर्ननिर्माण, शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने र निवार्चन गर्ने कुराम उदासिन देखिएकाले सरकारलाई दिएको समर्थन फिर्ता दिएको स्पष्ट पारे । 
 
गजुरेलले नेकपा एमालेले आफ्नो पार्टीसँग भएको सम्झौता कार्यान्व्यन नगरेकोले नैतिक रुपमा सँगै बस्ने नमिलेको र बाध्य भएर विकल्प खोजेको स्पष्ट पारे । उनले भने,‘हामीले एमालेसँग दुरी बढाउन यो निर्णय गरेका होईनौं, हामीले त राष्ट्र र जनताको चाहना हेरेर निर्णय गरेका हौं, ओलीजी यसमा उत्तेजित हुनुपर्ने कुनै कारण छैन ।’ एक अर्कालाई दोष देखाएर र दुरी बढाएर राजनीतिक रुपमा घाटा हुने बाटोमा कुनै दल हिँड्न नहुने उनको तर्क छ । 
 
विदेशीहरुको स्वार्थ अनुरुप काँग्रेस–माओवादीको गठबन्धन बनेको भन्ने आरोपको खण्डन गर्दै उनले भने,‘यो सबै वाहियात हुन्, यदि त्यस्तो हो भने गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता पनि विदेशीले ल्याईदिएको भने भैगयो नि त ?’ आफ्नो पार्टी राष्ट्र र जनताको पक्षमा दृढ रहेको उनको दाबी छ । एमालेकै कारण मुलुक दुर्घटनातर्फ जान लागेकोले आफूहरुले बाध्यात्मक कदम चालेको गजुरलेले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ