arrow

बार्सिलोना फर्कनु अघि मस्तीमा मेसी

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
messi-new-sayer.jpg.jpeg
एजेन्सी। पूर्व अर्जेन्टाइनी फरवार्ड तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी आगामी ला लिगाको नयाँ सिजनको पूर्वसन्धा अगाडी आफ्नो परिवारसँग छुट्टी मनाउन स्पेनको सर्वाधिक चर्चित फोर्मन्टेरा टापु पुगे । उनले आफ्नो परिवारको साथमा खुसी मनाएका छन् । आफ्नी पत्नी एन्थोलेना, छोराहारु थिएगो तथा मोटासहित सो समुद्री तटमा उनी रमाइलो गरिरहेका देखिन्छन्।
 
पछिल्लो केही महिना जीवनकै सबैभन्दा कठिन परिस्थितीको सामना गरेका उनले  अमेरिकामा भएको ४५औँ कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिना चिल्लीसँग पराजित  भएसंगै उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना तुहिएको थियो । 
 
त्यसलगतै आफ्नो अन्तर्राष्ट्रिय खेल करिअरको अन्त्य भएको घोषणा गरेका उनलाई हालै स्पेनको एक अदालतले कर छलीमा दोषी ठहर गर्दै २१ महिनाको जेल सजाय तथा ३ मिलियन युरो जरिवाना तिर्न भन्यो । कर छली अपराधिक किसिमको अपराध नभएकाले उनले जेल सजाय भने काट्नु पर्ने छैन । 
 
पछिल्लो समय उनले तनावबाट छुटकारा पाउन तथा ला लिगाको आषन्न सिजनको लागि आफ्नो क्लब बार्सिलोनाको लागि उत्कृष्ट प्रदर्शनमा ध्यान केन्द्रित गर्न घुमफिर रोजेका हुन् । उनी एक्लो भन्दा पनि पारिवारिक घुमघामलाई महत्व दिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ