arrow

एनसेलको सेयर बिक्रीबाट प्राप्त लाभको कर तिराउन स्वीडिस सरकारको ध्यानाकर्षण

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
swidish-consulate-teliasonera.jpg.jpeg
काठमाडौं। स्वीडिस कम्पनी टेलियासोनेराले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर बिक्री गर्दा भएको लाभबाट नेपाल सरकारलाई कर नतिरेको बिषयमा स्विडिस सरकारलाई ध्यानाकर्षण गराइएको छ। 
 
एनसेलको सेयर बिक्री गर्दा भएको लाभ बापत तिर्नु पर्ने रकम नतिरि पलाएन भएको टेलियासोनेरालाई लाभकर तिर्ने व्यवस्था मिलाउन पहल गर्न स्विडीस सरकारसँग राष्ट्रिय युवा परिषद नेपालले आग्रह गरेको हो। नेपालमा स्विडेनको दुतावास नहुँदा राष्ट्रिय युवा परिषद नेपालले नेपालस्थित स्विडेनको महाबाणिज्यदुत मार्फत ध्यानाकर्षण गराएको हो। नेपालस्थित स्विडेनको महाबाणिज्यदुत गजेन्द्र बहादुर श्रेष्ठलाई ध्यानाकर्षण पत्र पठाउँदै परिषद नेपालले टेलिया सोनेराले नेपालमा व्यापार गर्दा सेयर बिक्री गर्दा भएको लाभबाट नेपाल सरकारलाई कर नतिरि गएकोमा आफ्नो चासो व्यक्त गरेको हो। 
 
परिषदले कर बापत तिर्नु पर्ने रकम तिरी नेपाली जनताले देखाएको माया र बिश्वासलाई टेलियासोनेराले कदर गरोस भन्ने आग्रह गरिएको छ। टेलियासोनेरा स्वीडीस कम्पनी भएको तथा स्वीडेनमा दर्ता भए पनि नेपालमा रहेको कम्पनीमा लगानी गरी पूँजीगत लाभ लिएकोले कर तिर्ने जिम्बेवारी उसैको देखिएकोले राष्ट्रिय युवा परिषद नेपालले ध्यानाकर्षण गराएको अध्यक्ष सरोज बानियाँले बताए।
 
महावाणिज्य दुतावासमा आयोजित कार्यक्रममा संस्थाको अध्यक्ष लगायतका १५ भन्दा बढी परिषदको पदाधिकारीहरुको उपस्थिति रहेको थियो। ज्ञापन पत्र बुझ्दै महाबणिज्य दुत श्रेष्ठले अभियानलाई सम्बन्धित निकाय सम्म पुर्‍याउने र आफुले यस कार्यलाई अगाडी बढाउन पहल गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ