arrow

पौडेलले गरे एमालेले प्रम बन्न गरेको प्रस्ताव अस्वीकार

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
ramchandra.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले)का तर्फबाट प्रधानमन्त्री बन्नका लागि आएको प्रस्तावलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गरेका छन् । 
 
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि राखेको  प्रस्तावलाई वरिष्ठ नेता पौडेलले अस्विकार गरेका हुन् । “पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ, म पार्टी निर्णयभन्दा बाहिर जान सक्दिन”– वरिष्ठ नेता पौडेलको भनाइलाई उद्धृत गर्दै उनका सहयोगी चिरञ्जीवी अधिकारीले राससलाई बताए । 
 
काँग्रेस केन्द्रीय समिति बैठकले काँग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिलाई अनुमोदन गर्दै दाहालको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्ने निर्णय गरेको थियो । वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध काँग्रेस र माओवादी केन्द्रसहितका दलले बुधबार व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ