arrow

अफगानिस्तानमा रहेको एक ट्रिलियन डलरको खनिजमा चीनको नजर

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ १५ मंगलबार
afghanistan-kabu.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। सन् २००१ मा संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्‍यो । उक्त आक्रमणपछि विश्वव्यापी अर्थव्यवस्था धेरै फरक पर्‍यो। टेस्ला इंक एक कम्पनी थिएन, आईफोन अस्तित्वमा थिएन र आर्टीफिसियल इन्टेलिजेन्स स्टीवन स्पीलबर्ग फिल्मको रूपमा परिचित थियो। 

अब सबै तीन आधुनिक टेक्नोलोजी चिप्स र ठुलो क्षमताका ब्याट्रीहरू र दुर्लभ खनिजहरू उत्पादन वृद्धि भइरहेको छ । यसले आधुनिक अर्थव्यवस्थाको अत्याधुनिक उत्पादनहरू गरिरहेको छ । अफगानिस्तानमा रहेको १ ट्रिलियन डलर वा सोभन्दा बढी मूल्यको खनिजमा चीनको नजर रहेको देखिएको छ । 

विश्वको सबैभन्दा ठुलो लिथियम रिजर्भलाई आफ्नो हातमा पार्न चीनले विभिन्न रणनीतिहरू अगाडि सारिरहेको छ । करिब चार दशकमा सुरुमा सोभियत युनियन, पछि अमेरिकासँग र पछिल्लो समय तालिबान र पश्चिमी मुलुक समर्थित अफगान सरकारका बीचको युद्धले अफगानिस्तानको अवस्था निकै कमजोर र धराशायी बनेको छ । 

अहिले अमेरिकी सेना फिर्ता भएपछि तालिबानलाई चीनले समर्थन गरिरहेको छ । उक्त समर्थनकै कारण तालिबानी समूहले काबुलमा कब्जा गर्दै सत्ता कब्जा गरेको घोषणा गरेको छ । यसबीचमा तालिबानी र चिनियाँ प्रतिनिधिबीच दुई पटक भेटवार्तासमेत भइसकेको छ । 

तालिबानी समूहले अफगानिस्तान कब्जा गर्नुअघि चिनियाँ विदेश मन्त्री वाङ यी र तालिबानी समूहले सत्ता कब्जा गरेपछि काबुलस्थित चिनियाँ राजदूतसँग भेट भएको छ । चीनले आफ्नो आन्तरिक सुरक्षा र अफगानिस्तानको दुर्लभ खनिजलाई हत्याउनका लागि विभिन्न रणनीति अपनाइरहेको छ । 

चीनले तालिबानी समूहसँग आफूले अफगानिस्तानको शान्तिका लागि सहयोग गर्ने र आफ्नो मुद्दाहरूमा तालिबानले सहयोग गर्नुपर्ने सहमति गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ