arrow

चौवालीस हजार अफगानी पाकिस्तानमा पुनःस्थापनाको पर्खाइमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
Pakistan-Flag.jpeg
तस्बिर – फाइल ।

इस्लामाबाद । तालिबान सत्तामा फर्किएपछि पश्चिमी मुलुकमा स्थानान्तरणका लागि स्वीकृत भएका कम्तीमा ४४ हजार अफगानी अझै पनि पाकिस्तानमा अलपत्र अवस्थामा रहेको इस्लामाबादले जनाएको छ ।

सन् २०२१ को अगष्टमा नेटो समर्थित सरकार ढलेपछि काबुलबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई उद्धार गरिएको थियो । त्यसयता तालिबानको शासन कालमा लाखौं अफगानी भागेका छन् र धेरैले आफ्नो देशमा २० वर्षसम्मको लामो विदेशी हस्तक्षेपमा संलग्न राष्ट्रहरूमा शरणका लागि आश्वासन पाएका र यस अवसरको पर्खाइमा रहेका छन् । 

पाकिस्तानी विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जाहरा बलोचले तालिबानले सत्ता सञ्चालन गरेको तीन वर्षमा २५ हजार अफगानीलाई अमेरिकामा स्थानान्तरणका लागि अनुमति दिइएको बताइन् । 

पाकिस्तानमा रहेका थप नौ हजार अफगानीलाई अष्ट्रेलियाले स्वीकार गरेको छ भने क्यानडाले छ हजार, जर्मनीले तीन हजार र बेलायतले एक हजारभन्दा बढीलाई स्वीकारेका छन् ।

“हामीले उनीहरूलाई यी देशहरूका लागि स्वीकृति र भिसा जारी गर्ने प्रक्रियालाई छिटोभन्दा छिटो गर्न आग्रह गरेका छौं, ताकि उनीहरूलाई जतिसक्दो चाँडो स्थानान्तरण गर्न सकियोस्,” बलोचले सञ्चारमाध्यमसँग नियमित रूपमा हुने गरेको साप्ताहिक भेटघाटमा भनिन् । 

काबुलमा पूरानो सत्ताको पतनपछि अधिकांश देशहरूले आफ्ना अफगान दूतावासहरू बन्द गरेका अफगान आप्रवासीहरूलाई पाकिस्तानमा अस्थायी रूपमा बस्ने व्यवस्था गरी उनीहरूको लागि इस्लामाबादस्थित दूतावासहरूले सेवा प्रदान गर्ने बताएका छन् । 

स्थानान्तरणको आश्वासन पाएका धेरै अफगानीहरू विदेशी समर्थित सरकारमा सामेल थिए र उनीहरू तालिबान अधिकारीहरूको प्रतिशोधको डरमा छन् ।

मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिप्पो ग्रान्डीलाई स्थानान्तरणको पर्खाइमा रहेका अफगानीहरूको स्थानान्तरणका लागि दबाब दिएका थिए । 

सरिफले ग्रान्डीसँग भनेका थिए, “अन्तर्राष्ट्रिय समुदायले यति ठूलो सङ्ख्यामा शरणार्थीलाई स्वागत गर्दा पाकिस्तानले बोक्नुपरेको बोझलाई बुझ्नुपर्छ र सामूहिक जिम्मेवारी प्रदर्शन गर्नुपर्छ ।

तालिवानले आफ्नो नियन्त्रणमा लिएपछि र इस्लामको कठोर संस्करण लागू गरेयता करिब छ लाख अफगानी पाकिस्तान पुगेका छन् ।

सोभियत आक्रमण, गृहयुद्ध र ९÷११ पछिको अमेरिकी नेतृत्वमा भएको कब्जालगायतका पछिल्ला द्वन्द्वबाट भागेर त्यसभन्दा अघिका चार दशकमा लाखौं मानिसहरू पाकिस्तान आएका थिए ।

तर, गत वर्षदेखि काबुलसँगको सम्बन्ध सुरक्षाको विषयलाई लिएर तिक्तता आएपछि इस्लामाबादले ठूलो सङ्ख्यामा कागजातविहीन अफगानीलाई देश निकाला गर्ने अभियान चलाएको छ ।

पक्राउ पर्ने डरले पाँच लाखभन्दा बढी मानिस जोखिम मोलेरै भएपनि अफगानिस्तान फिर्ता भएका छन् ।

दर्ता भएका अफगानी शरणार्थीको अर्को एक वर्ष बस्न पाउने अधिकारको विस्तार गर्ने तर कागजपत्र नभएका शरणार्थीलाई स्वदेश फर्काउने प्रयास जारी राख्ने इस्लामाबादले बुधबार बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ