arrow

यसरी लुटेछन् राज्यकोषको रकम श्रम मन्त्री र सचिवले

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
depak-bohara-,,,-mn.JPG.jpeg
काठमाडौं । केही दिन अघि सरकारी निकायमा आइएनजिओको पैंसाले विदेश सयर गर्नेहरुको चर्चा आएको थियो । पूर्व मुख्य सचिव लिलामणी पौड्यालले सो चर्चाबारे टिप्पणी गर्दै आफ्नो पालामा कुनै सचिव वा कर्मचारीलाई विदेश सयर गर्न नदिएको सुनाएका थिए । सो चर्चा सेलाउन नपाउँदैं मन्त्रीले नै राज्य कोषलाई ठगेको रहस्योद्घाटन भएको छ । 
 
नामै श्रम मन्त्री । सोझो हिसावमा भन्ने हो भने श्रम नगरी कहाँ पैंसा खाए होलान् भन्ने बुझ्दा हुन् सबैले । यद्यपि, श्रम मन्त्री दिपक बोहराको हकमा त्यो लागु भएन । उनले करिब एक महिनाअघि जेनेभाको एउटा सम्मेलनमा सहभागि हुने जाँने क्रममा लिएको हवाई टिकटमा मात्रै एक लाख ५० हजार ठगेका छन् । चाहिने भन्दा बढी सुविधा लिई उनले राज्यकोषको दोहन सूचीमा नाम लेखाएका हुन् । 
 
सामान्य नागरीक ले सोच्दा हुन् । नेता र मन्त्रीहरुले पनि कँही यस्तो गर्लान् र ? तर, श्रम तथा रोजगार मन्त्रालयकै वेवसाइटमा राखिएको विलमा राज्य कोष दोहन गरेको तथ्य सार्वजनि भएको छ । यसरी खर्च भएको रकम विपन्नहरुले रगत, पसिना बगाएर आफु नखाई राज्यलाई तिरेको तिरो (कर) हो । जहाँ श्रम तथा रोजगार मन्त्रीले ती श्रमिकहरुको इज्जत सम्म राख्न सकेनन् । उल्टै दोहन गरे । 
 
त्यति मात्र नभई एउटै कार्यक्रममा सहभागी हुन सँगै विदेश गएका मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको टिकट मूल्य २ लाख १२ हजार ८ सय २४ देखिँदा  एउटै प्लेन चढेका मन्त्री बोहराले ३ लाख १२ हजार ५ सय तिरेको विल वुझाएका छन् । सचिव लम्साल र मन्त्री बोहराको विलमा झण्डै एक लाख (९९ हजार ६ सय ७६) को फरक छ । यो टिकट मात्रैको विवरण हो । 
 
मन्त्री र सचिव द्वयको टिक व्यवस्था गर्ने ट्राभल्स खुशी वर्ल्ड ट्राभल्स एण्ड टयर्स र सुरुची ट्राभल्स एण्ड टुर्स प्रालिले जेनेभा आउन–जान बढीमा एक लाख ८० हजार बढी टिकट नपर्ने जनाएका छन् । ती ट्राभल्सका संचालकका अनुसार सचिव लम्सालल १ लाख र मन्त्री बोहराले २ लाख बढी तिरेको देखाएका छन् । श्रम मन्त्री र सचिवको ‘काले–काले मिलेर खाउँ भाले’ उखान चरितार्थले वैदेशिक रोजगारीमा जाने कामदार र आम नागरिकलाई सर्मिन्दा नबनाउला त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ