arrow

एमालेले ओलीलाई राजीनामा नगर्न भन्यो

वैठकमा राजीनामाको विषयमा विवाद

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौ‌ । सत्ताधारी एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी गराए । 
 
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहजतापूर्वक परिस्थितिलाई सामना गर्न तयार रहन सांसदलाई निर्देशन समेत दिएको सचेतक ढकालले जानकारी गराए ।  
 
‘प्रधानमन्त्रीले सांसदलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संसद्मा दर्ता गराएको अविश्वासको प्रस्तावको सामना गर्न तयार रहन निर्देशन दिनुभयो’–ढकालले भने । बैठकमा प्रधानमन्त्रीले एमाले सत्तामा कसैको भ¥याङ चढेर नआएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गर्ने बताएको ढकालले सुनाए । 
 
प्रमुख सचेतक ढकालका अनुसार प्रधानमन्त्रीले कसैको दयामायाले एमाले सत्तामा नपुगेको बताउँदै राष्ट्रवादको अडान र भारतीय नाकाबन्दीको पनि यसअघि सामना गरेकाले अहिलेको परिस्थितिको सामना गर्न तयार रहेको धारणा राखे । प्रमुख सत्ता साझेदार पार्टी माओवादी केन्द्रले सत्ता गठबन्धन छोडेपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो । 
 
वैठकमा राजीनाको विषयमा विवाद 
बैठकमा एमाले नेताहरुबीचमै प्रधानमन्त्रीले राजीनामा दिने नदिने विषयमा विवाद भयो । ।माधव नेपाल पक्षका नेताहरुले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताउँदा ओली पक्षका नेताहरुले जस्तो सुकै परिस्थितिको सामना गर्नु पर्ने अडान दिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ