arrow
ADVERTISEMENT

दक्षिणी फ्रान्समा भएको दुर्घटनामा ७७ भन्दा बढीको मृत्यु

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
nice.jpg.jpeg
नाइस । दक्षिणी फ्रान्सको नाइसमा ट्रकले भीडमा ठक्कर दिंदा कम्तीमा ७७ जनाको मृत्यु भएको छ । त्यहाँको बास्टिले डे का अवसरमा जम्मा भएको भीडमा ट्रक हुलिएपछि किचेर भएको दुर्घटनामा थुप्रै घाइते भएको बीबीसीले जनाएको छ ।
 
बीबीसीले मृतकको संख्या ७० बताए पनि सीएनएनले भने मृतकको संख्या ७७ पुगिसकेको जनाएको छ । त्यस्तै वासिङ्टन पोष्टले ७७ जनाको मृत्यु भएको र ५० जना घाइते भएको जनाएको छ । 
 
प्रहरीले चालकलाई गोली हानी मारेको छ । ट्रकमा हातहतियारमात्र थिए । उक्त ट्रकमा बन्दुक र ग्रेनेडसमेत भेटिएकाले यो कुनै आक्रमण नै भएको बताइएको छ । 
 
नाइसका मेयर क्रिष्टियन स्ट्रोसीले लरी ड्राइभरले दर्जनौंलाई मारेको बताए । यो घटना ठूलै आक्रमणको योजनाअनुसार भए पनि अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।
 
यद्यपि इस्लामिक स्टेट आइएसकै आक्रमण हुन सक्ने आँकलन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ