arrow

अपडेट : फ्रान्सको निसमा भएको आक्रमणमा कम्तीमा ७७ जनाको मृत्यु, १९ जनाको अवस्था गम्भीर

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
france-nice.JPG.jpeg
निस । दक्षिणी फ्रान्सको निस सहरमा ट्रकले किचेर कम्तीमा ७७ जनाको मृत्यु भएको छ । फ्रान्सको राष्ट्रिय दिवस बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा हतियारसहितको ट्रकबाट भएको आक्रमणमा उनीहरुको किचिएर मृत्यु भएको स्थानीय संचारमाध्यमलाई उधृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 
घटनामा ५० बढी घाइते भएको र तीमध्ये १९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
उक्त ट्रकलाई रोक्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर चालकको मृत्यु भएको छ । 
 
ट्रक हातहतियारले भरिएको भएकाले पनि ठूलै नियोजित घटना भएको स्थानीय प्रहरीको भनाइ छ । 
 
यसैबीच घटनापछि फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले पेरिसमा आपत्कालीन बैठक बोलाएका छन् । बैठकले यो आतंकवादी घटनाको मिलेर सामना गर्न अपील गरेका छन् । 
 
उनले ७७ जनाको मृत्यु भएको पुष्टि गर्दै देशमा लागेको संकटकाल अझै लम्बिने बताएका छन् । 
 
घटनाको अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुःखद भन्दै भर्सना गरेका छन् । विभिन्न देशका प्रमुखहरुले पनि घटनाको निन्दा गर्दै मृतात्माको शान्तिको प्रार्थना गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ