arrow

बस र ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २५ घाइते भएकामा पाँच गम्भीर

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
परासी । नवलपरासीको चोरमारामा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
 
दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको नवलपरासी प्रहरीले जनाएको छ ।
 
उनीहरुको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
 
काठमाडौंबाट प्युठान जाँदै गरेको ना५ख ६२७४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको लु१ख ६७५१ ट्रक बिहान ठोक्किँदा दुर्घटना भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ