arrow

अपडेट: फ्रान्सको निसमा भएको आक्रमणमा मर्नेको संख्या ८४ पुग्यो

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
attack.jpg.jpeg
निस । दक्षिणी फ्रान्सको निस सहरमा ट्रकले किचेर मृत्यु हुनेको संख्या ८४ पुगेको छ । फ्रान्सको राष्ट्रिय दिवस बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा हतियारसहितको ट्रकले तीव्र गतिमा आएर गरेको आक्रमणमा उनीहरुको किचिएर मृत्यु भएको स्थानीय संचारमाध्यमलाई उधृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । घटनामा ५० बढी घाइते भएको र तीमध्ये १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृतकमा धेरैजसो बालबालिका हुन् । 
 
उक्त ट्रकलाई रोक्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर चालकको मृत्यु भएको छ । ट्रक हातहतियारले भरिएको भएकाले पनि ठूलै नियोजित घटना भएको स्थानीय प्रहरीको भनाइ छ । 
 
यसैबीच घटनापछि फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले पेरिसमा आपत्कालीन बैठक बोलाइ यो आतंकवादी घटनाको मिलेर सामना गर्न अपील गरेका छन् । उनले देशमा लागेको संकटकाल आगामी अझै लम्बिने बताएका छन् । यसअघि गत वर्षको नोभेम्बरमा पेरिसमा भएको आतंककारी आक्रमणमा १३० जनाको मृत्यु भएपछि सरकारले संकटकाल लगाएको थियो । 
 
घटनाको अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुःखद भन्दै भर्सना गरेका छन् । विभिन्न देशका प्रमुखहरुले पनि घटनाको निन्दा गर्दै मृतात्माको शान्तिको प्रार्थना गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ