arrow

'पहिला अविश्वासको प्रस्तावमा छलफल अनि बजेट'

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
ucpn-maoist-office.jpg.jpeg
काठमाडौं। सरकार बिरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल शुरु नभई बजेटसम्बन्धी बिधेयकहरु पास नगर्ने निर्णय नेकपा माओवादी केन्द्रले गरेको छ। 
 
अल्पमतमा परेको सरकारले अविश्वासको प्रस्तावको प्रक्रिया पुरा गरेपछि मात्र बिधेयक पारित गर्न सकिने प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छिन्। 
 
आर्थिक वर्ष २०७३-७४ को बजेट पारित गर्नको लागि आवश्यक रहेका तीन विधेयकहरू पारित गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ । 
 
अहिले बजेट पारित हुनको लागि आवश्यक पर्ने आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत संशोधन विधेयक २०७३ पारित गर्न बाँकी नै रहेको छ ।
 
 यस भन्दा अगाडि गत शनिबार बजेट माथिको विनियोजन विधेयक पारित भईसकेको छ भने महत्वपूर्ण मानिएका यी तीन विधेयक पारित हुन अझै बाँकी रहेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । 
 
यद्यपी सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिईसकेको जनाएको अवस्थामा एमाले र काँग्रेसले समर्थन नजनाई यो बजेट पारित हुने सम्भावना पनि ज्यादै कम रहेको जानकारहरू बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ