arrow

गायक अभिजीत बिरुद्ध मुम्बई साइबर सेलमा उजुरी

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
abhijeet-singer.jpg.jpeg
एजेन्सी । भारतीय गायक अभिजीत भट्टाचार्या बिरुद्ध मुम्बई प्रहरीले साइबर सेलमा उजुरी दर्ता गरेको छ । अभिजीतले महिला पत्रकार माथि ट्विटरमा अपशब्दको प्रयोग गरेका करण सो उजुरी गरिएको प्रहरिले जनाएको छ । 
 
अभिजीतले  केहि समय पहिले महिला पत्रकार स्वाति चतुर्वेदी र समाचार वेबसाइटका सम्पादक रिफत जावेद माथि अभद्र भाषाको प्रयोग गरेका थिए । दुई पत्रकारहरुले अभिजीतको इन्फोसिस कर्मचारीको हत्यामा आधारित पोस्ट माथि आपत्ति जनाएका थिए ।
 
मुम्बई प्रहरिका अनुसार, सो उजुरी  यौन उत्पीडनको मुद्दा बन्न सक्नेछ । साथै अभिजित बिरुद्ध कडा भन्दा कडा कार्वाहि हुनेछ । अभिजीतले आफ्नो पोस्टमा 'चेन्नईमा भएको यो हत्या 'लव जिहाद'को नतिजा हो' लेखेका छन् ।
 
 सो पोस्टरलाई जनाउदै पत्रकार चतुर्वेदीले भनिन्, 'हत्यारा रामकुमार हुन र उनलाई गिरफ्तार गरिसकिएको छ ।' चतुर्वेदीले अभिजित माथि साम्प्रदायिक दङगा भडकाउन खोजेको आरोप लगाएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ