arrow

प्रचण्डलाई जवाफ दिन गच्छदारले थाले पार्टीभित्र छलफल

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
Bijaya_Gachhadar.jpg.jpeg
काठमाडौं । नयाँ सरकारको गठनको अभ्यासमा रहेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफुहरुलाई समर्थन गर्न भनेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार पार्टीको आन्तरिक छलफलमा जुटेका छन् । 
 
विहान दाहाल निवास लाजिम्पाट पुगेका गच्छदारले भेटका क्रममा दाहालले ओली सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा समर्थन गर्न गरेको आग्रहको जवाफ दिन पार्टीभित्र छलफल थालेका हुन् । 
 
यसअघि दाहालसंग पटक–पटक छलफल गरिसकेका जच्छदारले पार्टीको छलफलपछि जवाफ दिने बाचा गरेका छन् । म संग अनौपचारिक कुरा भएको छ, पार्टी नेता एवं सांसद जितेन्द्र नारायण देवले हाम्राकुरासंग भने, ‘औपचारिक रुपमा विषय वस्तुमै छलफल भएको छैन ।’ बैठक बस्ने तयारी भइरहेको छ । छलफलकै क्रममा छौं । अहिल्यै सरकारमा जाने भन्ने प्रश्न हतार हो–नेता देवले भने । 
 
यस्तै, अर्का सांसद बाबुराम पोखरेलले बैठक बस्ने तयारी भइरहेको र बैठक पछि आधिकारीक धारणा आउने बताएका छन् । लाजिम्पाटमा गच्छदारसंग दाहालले नयाँ सरकार गठनको गृहकार्यबारे छलफल गरेका थिए । केपी ओली नेतृत्वको सरकारमा जाँदा समेत दाहालले निकै सम्वाद गरेका थिए । सरकारमा जाने बेलामा भएको ८ बुँदे सहमतिमा दाहालले समेत हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ