arrow

दलहरुको सत्ता कचिङगलले संसद बैठक साउन ६ गते सम्मका लागि स्थगित

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
sansad @@@.jpg.jpeg
काठमाडौं । दलहरुको सत्ता कचिङगलका कारण संसद बैठक बस्दै नबसी स्थिगित भएको छ । अब बैठक एकै पटक आगामी साउन ६ गते बस्ने छ ।  बैठक सूचना टाँस गरेर ६ गते बिहीबारसम्मलाई स्थगित भएको संसद सचिवालयले जनाएको छ । ।
 
शीर्ष दलहरुबीच सरकारले पेश गरेका आगामी आर्थिक वर्षको बजेटका बाँकी ३ विधेयक पारित गर्ने सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको हो ।
 
दिउँसो १ बजे बोलाइएको बैटकमा अर्थ र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची थियो । नयाँ नियमावलीमा भएको व्यवस्था अनुसार तोकिएको समय भन्दा २ घण्टा ढिलो भएपछि बैठक स्वतः स्थिगित हुन्छ । 
 
सरकारबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र र विपक्षी कांग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद चल्न नदिने चेतावनी दिएकै कारण सदन संचालन गर्नेबारे सहमति जुट्न सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ