arrow

संघीय गठबन्धनको रिले अनसन सकियो

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
gathabandhan--rele-ansan.jpg.jpeg
काठमाडौं । विभिन्न ११ सहित २६ बुँदे माग राखेर राजधानी केन्द्रीत आन्दोन गरेको संघीय गठबन्धनले १ महिना लामो रिले अनसन समापन गर्दै छ । राजधानीको खुलामञ्चमा जेठ अन्तिम सातादेखि सुरु भएको रिले अनसन शुक्रबार समापन हुन लागेको हो । 
 
खुलामञ्चमा समापन सभा गरी रिलेअनसन सकिन लागेको हो । समापन सभामा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस सद्भावना पार्टीका नेता राम नेरश राय यादव लगायत छन् । यद्यपि, गठबन्धनका शीर्ष दलहरु तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तमसपा अध्यक्ष महेन्द्र राय सहभागि भएका छैनन् । 
 
वर्तमान केपी ओली नेतृत्वको सरकारले आफुहरुका मागको वेवास्ता गरेको भन्दै नियमित आन्दोलन छेडेका उनीहरुले ओली सरकार संकटमा पर्दा खुसी मनाएका छन् ।  
 
मोर्चाले अब बन्ने नयाँ सरकारमा तत्काल नजाने बताए पनि मधेसी नेताहरुले भित्रिरुपमा आफुहरु जोगी बन्नलाई राजनीतिमा नआएको बताएका छन् । गठबन्धनका नेताहरुले आफुहरुको माग सम्बोधन नभए सम्म आन्दोलन जारी रहने र सरकारमा नजाने जिकिर गर्दै आएका छन् । अब आगामी कार्यक्रम २ गते बस्ने बैठकले तय गर्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ