arrow

एमाले कर्मचारीमा ढकालले मारे बाजी, अध्यक्ष खोज्ने पोखरेलले उपाध्यक्ष पनि छाडेनन्

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
Punya-Dhakal-FNL.jpg.jpeg
काठमाडौं । एमाले निकट कर्मचारीको पेशागत संस्था नेपाल निजामति कर्मचारी संगठनले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनमा आफ्नो भागमा परेको पदाधिकारी तथा सदस्यहरू पठाएको छ । लामोसमयदेखि विवाद चुलिँदा संगठनले निर्वाचन भएको झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि पठाउन सकेको थिएन । 
 
शुक्रबार बसेको संगठनको बैठकमा अध्यक्षको दावेदारी गर्दै आएका भोला पोखरेलले उपाध्यक्षमा चित्त बुझाउन तयार भएपछि कुरा मिलेको हो । उनले यसअघि आफू अध्यक्ष बन्नुपर्ने जिकिर गरेपछि पटक–पटक बैठक स्थगित हुँदै आएको थियो । 
 
केही समय पहिलेको बैठकमा हात हालाहालको स्थिती समेत सिर्जना भएको थियो । तर, उनले अध्यक्षमा ढकाललाई नै स्वीकार गर्दै आफू उपाध्यक्ष भएपनि जाने बताएपछि कुरा मिलेको संगठनका एक अधिकारीले जानकारी दिए । 
 
यसरी ट्रेड युनियनमा जानेहरूमा अध्यक्ष पुण्यप्रसाद ढकाल र उपाध्यक्षमा भोला पोखरेलसँगै कोषाध्यक्षमा सिन्धु पाण्डे रहेका छन् । त्यसपछि आफ्नो भागमा परेका सदस्यहरूमा लेखनाथ कोइराला, जीवन काफ्ले, नेकदेव पन्त, सुपालाल मण्डल, छत्रबहादुर शाह, खेमलाल अधिकारी, कामारप्रसाद तिमलसेना, गोविन्द अधिकारीलाई पठाउने निर्णय गरिएको संगठनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ