arrow

सांसदहरुलाई उपत्यका बाहिर नजान कांग्रेसको ह्वीप

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
congress-party-office.jpg.jpeg
काठमाडौं । माओवादी केन्द्रसंग मिलेर व्यवस्थापिका संसदमा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान ह्वीप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गर्दै यस्तो सूचना गरेक हुन् ।
 
श्रेष्ठले जारी गरेको विज्ञप्तीमा ‘सम्माननीय सभामुख ज्यूले व्यवस्थापिका–संसदको बैठक विशेष कारणवश मिती २०७३ श्रावण ६ गते विहिबार विहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएकाले सम्पूर्ण माननीय सदस्यज्यूहरु आजकै मितिदेखि काठमाडौं–उपत्यका बाहिर नजानहुन र बाहिर जिल्ला वा विदेशमा रहनु भएका माननीय सदस्यज्यूहरुको हकमा आउदो श्रावण २ गते आइतबारसम्म  नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सम्पर्क राख्न निर्देशानुसार यो व्हीप जारी गरिएको छ’– भन्ने उल्लेख छ ।
 
नयाँ सरकार गठनको प्रयासमा रहेको कांग्रेसले आन्तरिक तथा वाह्य छलफल तीब्र बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ