arrow

फ्रान्समा भएको आतङ्ककारी हमलाको विश्वव्यापी निन्दा

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
france-ss-2-master768-v3.jpg.jpeg
नाइस (फ्रान्स)। फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणको विश्वका नेताहरुले निन्दा गरेका छन् ।  सो हमलामा परी ८४ जनाको ज्यान गएको छ । बिहान भएको सो हमलामा परी घटनास्थलमै ८० जनाको ज्यान गएको थियो । मारिने व्यक्तिको सङ्ख्या ८४ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
 
सो हत्याको विश्वव्यापी रुपमा निन्दा गरिएको छ । यस घटनाको विरोधगर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादले कहिल्यै पनि जित्न नसक्ने धारणा राखेका छन् । उनले मारिएका व्यक्तिप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको जनाइएको छ । 
 
त्यस्तै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि सो घटनाको निन्दा गरेका छन् । उनले दोषीलाई कडा कारबाहीको माग पनि गरे । 
 
एकजना बन्दुकधारीले महोत्सवमा रमाइरहेको स्थानमा ट्रक लगेर ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । उसको पहिचान अहिले सम्म हुन सकिरहेको छैन । 
त्यस्तै टर्कीका राष्ट्रपति रिसेप एर्डोग्यानले पनि सो घटनाप्रति दुःख व्यक्त गरे  । उनले यसमा संलग्नलाई जतिसक्दो चाँडै पत्ता लगाएर कारबाही गर्न माग गरे । 
 
उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ प्रधानमन्त्री लि खछ्याङलगायत विश्वका नेताहरुले दुःख व्यक्त गरेको समाचारमा जनाइएको छ । 
सो आतङ्ककारी हमलाको अनुसन्धान सुरु भएको छ । तर अहिलेसम्म केही नयाँ तथ्य भने पत्ता लाइसकेको छैन । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ