arrow

ओली बचाउन माइतीघरमा प्रदर्शन

logo
रासस,
प्रकाशित २०७३ असार ३१ शुक्रबार
oli-supporter.jpg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज माइतीघर मण्डलमा स्वतःस्फुर्त रुपमा प्रदर्शन गरिएको छ । 
 
स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदर्शन कार्यक्रम आयोजना गरेको अभियानका सदस्य कुबेर अधिकारीले जानकारी गराए । “प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान जोगाउन काम गरेकाले उनको समर्थनमा प्रदर्शन गरेका होँ” उनले भने । 
 
अभियानमा समर्थन जनाउन आएका हास्यकलाकार राजाराजेन्द्र पोखरेलले प्रधानमन्त्री ओलीले देशको स्वाभिमान जोगाएकाले उनको समर्थन गरिएको बताए । प्रदर्शनमा प्रधानमन्त्री ओलीको समर्थनमा गीत र कविता प्रस्तुत गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ