arrow

प्रचण्डलाई गच्छदारले तत्काल जवाफ दिन सकेनन्

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
gachhadar-new-conve....jpg.jpeg
काठमाडौं । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेसंगै व्यवस्थापिका संसदमा रहेका विभिन्न दलहरु सुरक्षित हुने र आफ्नो एजेण्डा स्थापित गर्ने बाटो अवलम्बन गर्न थालेका छन् । 
 
सत्ताको एक घटक माओवादी केन्द्र बाहिरिनेवित्तिकै सत्ता घटक अन्य दलहरुमा समेत त्यसको छाया परेको छ । सत्ताको घटक फोरम लोकतान्त्रिक समेत सुरक्षित हुने उपाय खोज्न थालेको छ । तर, लोकतान्त्रिकका नेताहरुले भने आफुहरुलाई हतारो नभएको बताएका छन् । 
 
हतार छैन, संसद बैठक बस्ने दिन आउन अझै ६ दिन बाँकी छ, फोरम लोकतान्त्रिकका सांसद बाबुराम पोखरेलले भने, ‘कांग्रेस माओवादी केन्द्रले गरेको आग्रहबारे तत्काल विमर्श हुन सकेन । शुक्रबार बैठक बस्ने कुरा थियो, भएन । अब २ र ३ गते यसबारे छलफल हुनेछ ।’ अध्यक्ष विजय कुमार गच्छदारले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाललाई भेट्नुलाई उनले स्वभाविक भने । 
 
यस्तै, वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री रहेका रामजनम चौधरीले अब ३ गते मात्रै छलफल हुने बताए । १ गते पार्टी अध्यक्ष गच्छदारका छोराको विवाह भोज छ । अध्यक्षको व्यस्तता सकिए पछि छलफल हुन्छ । 
 
अध्यक्ष गच्छदार विहानै दाहाल निवास पुग्नु सामान्य भन्दै उनले भने, ‘एउटा नेता भएपछि नेतालाई भेट्न जानु स्वभाविक हो । नेताले नेतालाई नभेटी कस्लाई भेट्नु त ? ।’ सरकारमा जाने कुरा नी ? जवाफमा उनले भने, ‘त्यस विषयमा विषयगत छलफल हुन बाँकी छ । हाम्रो अध्यक्षले दाहालले सहयोग गर्न गरेको आग्रको जवाफ पार्टीको बैठकपछि मात्रै दिनु हुनेछ ।’ छलफलका लागि हामी जुटिरहेका छौं । 
 
यस्तै, सत्ताकोअर्को घटक राप्रपा नेपाल समेत आन्तरिक छलफलमा जुटेको छ । यसअघि पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मन्त्रालयमा विदाई भेट गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ