- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कोरोनाको कहरमा अक्सिजनको हाहाकार भई उपचारमा समस्या भएपछि अहिले देशका विभिन्न स्थानमा अक्सिजन प्लान्ट मार्फत अक्सिजन उत्पादन कार्यको शुरुवात भएको छ ।
सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन कार्यको शुरुवात गरिएको छ । एक महिना अघि नै प्लान्ट जडान गरिएकोमा ५ दिनदेखि परीक्षण उत्पादन शुरु भएको छ । दुईहीता अघि नै नमुनाको रुपमा ग्यास उत्पादन कार्य शुरु भएको स्पतालका मेडिकल सुपरिटेण्डन डा.किशोर बन्जाडेले बताए ।
केही समस्या आएकाले केही दिन रोकेर ५ दिन अघिदेखि फेरी परीक्षणका रुपमा उत्पादन शुरु गरिएको उनले बताए । ‘प्लान्टबाट नमुनाका रुपमा ग्यास उत्पादन शुरु भएको छ । क्षमता भन्दा केही स्लो उत्पादन भईरहेको छ’ उनले भने । केही दिनमै प्लान्टबाट पूरा क्षमतामा ग्यास उत्पादन हुने उनले बताए ।
ग्यास जडानको लागि फेयर ट्रेड प्रालिले प्रतिस्पर्धा मार्फत १ करोड २८ लाखमा प्लान्ट निर्माणको काम पाएको थियो । गत असार ८ गते कामको सम्झौता भई असार मसान्तसम्म काम सकाउने समयसीमा दिइएकोमा केही प्राबिधिक कारणले समयमा हुन नसकेको मेसु बन्जडाले बताए ।
ठेकेदार कम्पनीले सो मेसिन जडान जिसी रिसर्च एन्ड डेभ्लप्ममेन्टलाई जिम्मा दिएको थियो । कम्पनीका ईन्जिनयिर देबेन्द्र श्रेष्ठले प्लान्ट पूर्ण क्षमतामा चले प्रति मिनेट ४ सय १६ लिटर अक्सिन उत्पादन हुने बताए । चीनबाट ल्याइएको सो प्लान्टमा ट्रान्सफर्मर, कम्पे्रशर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेशन सिस्टम, गेस बफर टेङक स्टेरिलाईजीङ फिल्टर रहेको श्रेष्ठले बताए ।
तेस्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने बन्जाडले दाबी गरे । प्लान्टको लागि संघीय सरकारले कपिलवस्तु अस्पताललाई डेढ करोड रकम छुट्टाएको थियो । विद्युतको बिल लगायतका अन्य खर्च व्यवस्थापनमा भने चुनौती रहेको मेसु बन्जाडोले बताए । कोरोनाको दोस्रो भेरियन्टमा छिमेकी जिल्लालगायत अन्य ठाउंवाट अक्सिजन आयात गर्नुपर्ने वाध्यता थियो ।
अब मेसिनले नियमित काम गरेमा जिल्लाका विरामी तथा जनताको उपचारमा समस्या नहुने समेत अस्पतालले जनाएको छ । अक्सिजन राख्नको लागि खाली सिलिण्डर अझै कमी भएकोले विभिन्न निकायसंग सहकार्य गरि धेरै मात्रामा अक्सिजन स्टोरेज गरेर राख्ने काममा अस्पताल लागेको व्यवस्थापक रत्नाकर शुक्लाले बताए ।