arrow

मेसी, रोनाल्डो र नेमार जस्ता स्टारले खोजी–खोजी भेटेका बालक को हुन ?

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
messi-new-pp.JPG.jpeg
एजेन्सी । विश्वभरका करोडौं फुटबल प्रेमीको एउटै चाहाना  हुन्छ आफ्नो मन पर्ने खेलाडीलाई भेट्ने । तर, सबैको हकमा यो सम्भव छैन । तर, एक त्यस्तो आश्चर्य रहयो की एक बालकलाई भेट्न सर्वाधिक सफल खेलाडीहरु खोज्दै पुगे । अहिले विश्व हल्लाएका सफल खेलाडीहरुले ती बालकलाई भेटेका छन् । 
 
१४ वर्षीय यी  बालकले प्रत्येक पटक  स्टार खेलाडीहरु सगँको भेट पछि फोटो खिच्दै आफ्नो सामाजिक संञ्जालमा राख्ने गरेका गरेका छन् । दुबईका  १४ वर्षीय रशेद बेल्हसाले पहिलो पटक स्पेनिस फुटबलर मिचेल सल्गाडोलाई भेटे । जुन भेटमा लिएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि प्राप्त प्रतिकृयाबाट उत्साहित भएका उनले हाल सम्म दर्जनौ फुटबल   स्टारहरुसगँ  भेट गरेका छन् । 
 
जसमा बार्सिलोनाका स्टार लियोनल मेसी, ब्रजिलियन स्टार नेमार,  उरुग्वेन स्टार लुइस सुआरेज पनि रशेदको भेट सूचीमा समावेश भइसकेका छन् । यस्तै, आन्द्रेज इनिष्टा, पोर्चुगिज स्टार किश्चियानो रोनाल्डो, स्पेनिश क्लब रियाल मड्रिडका करिम बेन्जेमा, जेम्स रोड्रिग्वेज, लुका मोड्रिच तथा आलेकसान्ड्रो डेल पियरो,  रोबिन भान पर्सी जस्ता थुप्रै पुटबलरसगँ फोटो खिचाएका उनि दुबई कन्ट्रक्सन टाइकुनका मालिक शेफ अहमद बेल्हसाका छोरा हुन् । उनका बुबा तेल मालिकका रुपमा पनि चिनिन्छन् । 
 
कलिलो उमेरमै फेशन लाइन कम्पनीको मालिक रहेका उनी सिहं तथा बाघ जस्ता डरलाग्दा जनावर पाल्ने शोख राख्छन् । उनले आफ्नै घरमा जनावर पालेका छन् । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ