arrow

काठमाडौं आउने मुग्लिन नारायणगढ सडक र हेटौंडा–काठमाडौँ यातायात अवरुद्ध

logo
प्रकाशित २०७३ साउन १ शनिबार
Muglin-sadak.jpg.jpeg
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दारेचोक गाविस–४ मुग्लिन बजार नजिकै पहिरो खसेपछि आज बिहान ५: २५ बजेबाट सडक अवरुद्ध भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिन बजारबाट ४०० मिटर नारायणगढतर्फ पहिरो खसेको हो। सडक विस्तारका क्रममा काटिएको भित्तो माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सडक खुलाउने कार्य सुरु भइसकेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएसँगै मुग्लिनतर्फ जाने आउने सवारी लाम लागेको छ । 
 
त्यसैगरि गएराति परेको पानीले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–४ थिङडाँडामा पहिरो जाँदा आज बिहानदेखि हेटौंडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ। यो राजमार्ग अवरुद्ध भएपछि आज बिहानबाट त्रिभुवन राजपथबाट सुमो जिप, कार, बस, ट्रकहरुका यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 
मौसम अनुकूल भएमा अवरुद्ध रहेको हेटौंडा कुलेखानी सडकखण्डको सिस्नेरीको पहिरो हटाइ आज मध्याह्नबाट यातायात चालु हुन सक्ने मकवानपुरको प्रजिअ डा मानबहादुर विश्वकर्माले जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ