arrow

मुग्लिन नारायणगढ सडक पुनः सञ्चालनमा

logo
प्रकाशित २०७३ साउन १ शनिबार
Muglin-sadak.jpg.jpeg
चितवन। आज बिहानैदेखि पहिराको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ । 
 
उक्त सडकखण्ड अन्तर्गत दारेचोक गाविस– ४ मुग्लिन बजार नजिकै पहिरो खसेपछि आज बिहान ५:२५ बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान १:३० बजेदेखि पहिरो पन्छाएर सडक खुलाइएको हो । 
 
मुग्लिन बजारबाट चार सय मि नारायणगढतर्फ पहिरो खसेको थियो । सडक विस्तारका क्रममा काटिएको माथिको भागबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ