arrow

महाकाली अञ्चलका छयानब्बे प्रतिशत मुद्दा फछ्र्योट

logo
प्रकाशित २०७३ साउन १ शनिबार
courts-3.jpg.jpeg
भीमदत्तनगर। आव २०७२/७३ मा महाकाली अञ्चलका चार जिल्ला अदालतले ९६ प्रतिशत मुद्दा फछ्र्योट गरेका छन् । 
 
पुनरावेदन अदालत भीमदत्तनगरको तथ्याङ्कानुसार कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला आदालतले गत आव २०७२/०७३ मा ९६.२८ प्रतिशत मुद्दा फछ्र्योट गरेका छन् । चार जिल्लामा दर्ता भएका एक हजार १५४ मुद्दामध्ये ७०० मुद्दा फछ्र्योट भएका छन् भने चार सय ५४ मुद्दा फछ्र्योट हुन बाँकी रहेको पुनरावेदन अदालतले जनाएको छ । 
 
अदालतको लक्ष्यभन्दा २७ मुद्दा कम फछ्र्योट भएको पुनरावेदन अदालत कञ्चनपुरका रजिस्ट्रार यमबहादुर बुढामगरले जानकारी दिनुभयो । पुनरावेदन अदालतका अनुसार अघिल्लो आव वर्ष २०७१/०७२ मा ४४.१५ प्रतिशत मुद्दा मात्र फछ्र्योट भएका थिए । 
 
यस्तै गरी अदालतले फैसला गरेका विभिन्न मुद्दाबाट रु १८ करोड ८७ लाख १७ हजार ३६९ असुल्नुपर्ने भए पनि गत वर्ष रु ७७ लाख ३१ हजार ९९५ मात्रै असुल भएको छ । 
 
त्यसैगरी ४१ दर्ता भएका मुद्दामध्ये १६ फछ्र्योट भएको छ । कैफियत निवेदनतर्फ ३६ मध्ये ३४ मुद्दा फछ्र्योट भएको छ । रजिस्ट्रार बुढा मगरले अदालतले अब सबै काम कम्युटर प्रविधिबाट गरिरहेको बताए । न्याय सेवा प्रभावकारी बनाउन लागि वैतनिक कानुन व्यवसायीको व्यवस्था गरेर महिनामा चार पटक कारागार निरीक्षण गरिएको समेत पुनरावेदन अदालतले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ