arrow

भारतीय प्रहरीका कारण नेपाली त्रसित

logo
प्रकाशित २०७३ साउन १ शनिबार
indian-police.jpg.jpeg
नवलपरासी । नेपाल भारत सीमा क्षेत्रमा गत असार १६ गते एक बालिकाको रहस्यमय तरिकाले मुत्यु भएकै कारण यतिबेला नवलपरासीका पक्लीहवा गाविसमा स्थानीय त्रसित छन् । 
 
विशेष गरी सीमापारीका भारतीय सुरक्षाकर्मीको डरका कारण सीमामा बस्दै आएका नेपाली निकै त्रसित बनेका हुन् । गत असार १६ गते बाख्रा चराउन भनी सीमापारी भारत जिल्ला महाराजगन्ज चिनलौल थाना अ‍ैरहवा गाउँमा पुगेकी १३ वर्षीया मङ्गीता कुर्मीको रहस्यमय तरिकाले हत्या भएको थियो । 
 
यद्यपि यसरी बालिकाको रहस्यमय तरिकाले मृत्यु भएको दुई साता भइसक्दा समेत यसबारे भारतीय प्रहरी मौन छ । भारतीय प्रहरीले सो घटनाबारे कसैलाई पनि जानकारी दिन खाजेको छैन साथै भारतीय प्रहरीले बालिकाको शव परीक्षण रिपोर्ट समेत बालिकाको घरपरिवारलाई बुझाएको छैन । 
 
गाउँलेले भारतीय प्रहरीले दोषीलाई बचावट गर्न भारतीय प्रहरी सक्रिय रहेको भन्दै तत्काल न्यायिक छानबिनको माग राखेका छन् । नवलपरासी क्षेत्र नं ६ का सांसद देवकरणप्रसाद कलवारले सीमा क्षेत्रमा भारतीय प्रहरीको ज्याजतीमा नेपाली समुदाय बाँच्न बाध्य छन् । 
 
असार १६ गते बिहान ८:३० घरबाट बाख्रा लिएर सीमा परी खेतमा बाख्रा चराउन घरबाट निस्किएकी मङ्गीताको राति करिब ८:३० बजेतिर खेतमै शव फेला परेको थियो । सीमा क्षेत्रमा विशेष गरी सामान्य खाद्यान्न किनमेलदेखि पशु चौपाया चराउन सीमापारी भारत जानुपर्ने सीमावर्ती नेपाली समुदायको बाध्यता हो । 
 
सो घटनाबारे भारतीय प्रहरीले नवलपरासीको पक्लीहवाका १६ वर्षीय मेराज मिया र २३ वर्षीय गजेन्द्र कुर्मीलाई नियन्त्रणमा लिएर पाँच दिन पछि छाडेको थियो । सो क्रममा आफूहरुलाई भारतीय प्रहरीलाई कुटपिट समेत गरेको गजेन्द्रकुर्मीले बताए । 
 
बालिकाका बुबा सुरेन्द्र कुर्मीले आफ्नो छोरीको हत्यामा संलग्नलाई कारबाही गर्न भारतीय प्रहरी मौन बसेकाले न्यायिक छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राखे  । 
 
बालिकाको मृत्यु भएको स्थान भारतमै पर्दछ । बालिकाको मृत्यु भएको दिन सो क्षेत्रमा भारतीय सुरक्षाकर्मीको समेत आवागमन भएको सीमावर्ती नेपालीको भनाइ छ । सो घटनालाई सीमावर्ती भारतीय प्रहरीले लुकाउन खोजिएको भन्दै गाउँलेलाई नवलपरासीमा स्थानीय प्रशासन समक्ष उजुरी समेत गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ