arrow

बेलायती प्रधानमन्त्रीको पहिलो भ्रमण स्कटल्यान्ड

logo
प्रकाशित २०७३ साउन १ शनिबार
britanprimenister.jpg.jpeg
लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि जनमत सङ्ग्रहले दिएको अभिमतअनुसार बेलायतलाई युरोपियन युनियनबाट अलग्याउने पहल थाल्नका लागि छलफल चलाउन पहिला स्टकल्यान्डको भ्रमण गरेकी छन् । 
 
उनले आफूले स्कटल्यान्डका नेता ईयूसँग स्कटल्यान्डको कस्तो सम्बन्ध राख्न चाहने छन् यस सम्बन्धमा प्रस्ताव सुन्न चाहेको बताइन् । 
 
स्कटल्यान्डको स्वतन्त्रता माग गर्दै आएका प्रथम मन्त्री निकोला स्टरजिअनसँगको भेटपछि प्रधानमन्त्री मेले भनिन् , मैले सकेसम्म संयुक्त अधिराज्यलाई ईयूबाट अलग्याउँदा अपनाउनुपर्ने उत्कृष्ट धारणा चाहन्छु तर पहलबारे स्कटल्यान्डको विचार पहिला सुन्न इच्छुक छु । 
 
यसैबीच स्कटल्यान्डको विचार र लक्ष्यलाई पहिलो स्थानमा राखी अगाडि बढ्न चाहेको प्रधानमन्त्री मेको विचारले आफूलाई ऊर्जा मिलेको र प्रधानमन्त्रीको स्कटल्यान्डको लक्ष्यप्रति आएको आश्वासनलाई आफूले स्वागत गरेको स्टरजिअन बताइन् । 
 
उनले बेलायती सरकार स्कटल्यान्डसँग खुला र लचक रहने प्रधानमन्त्रीबाट आश्वासन मिलेको बताइन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ