arrow

बाहुलीगाडमा भिषण बाढी , सदरमुकाम बझाङ जोखिममा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ साउन १ शनिबार
bahuligad-flood--(9).jpg.jpeg
बझाङ। सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड खोलामा भिषण बाढी आएको आए पछि सदरमुकाम जोडने एक मात्र बाहुलीगाड पुल बगाएको छ भने सदरमुकाम चैनपुर समेत बाढीको उच्च जोखिमा रहेको छ । 
 
दिउसो ४ वजे तिर सुरु भएको बाढीले सदरमुकाम चैनपुर जोड्ने झोलुङगे पुल बगाएको पछि बाढी चैनपुर बजार तिर पस्छकी भनेर त्रासमा बसेका छन् । १ सय ५ मिटर लामो यो पुल २०४३ सालमा बनेको जिल्लाका दोस्रो पुरानो पुल हो । पुल नजिकै रहेका ३ वटा पसल समेत  बगाएको छ । पुल बगाउदा पुलको लठ्ठाले लछारिएर ३ वटा पसल भत्किएका छन् ।
  
पानीको बहाव नघटेकाले नजिक रहेका घरहरु पनि भत्किने अवस्थामा पुगेका छन । बाहुली गाड आसपासका घरहरु खाली गरिएका छन । जोखिम बढ्दै गएकोले सदरमुकामबासीलाई सतर्क रहन जिल्ला दैविप्रकोप उद्धार समितिले स्थानिय रेडियोबाट सचेत गराइरहेको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरिक्षक, नेपाली सेनाका सेनानी आफै खटेर स्थानियलाई सुरक्षित स्थान तर्फ जान अनुरोध गरिरहेका छन् । 
 
सम्भावित जोखिमलाई ध्यान राखेर व्यापक प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनालाई पनि सर्तक अवस्थामा राखिएको छ । बाहुलीगाड आसपासका करिब ४० भन्दा बढी घरमा जोखिम रहेको छ । खोलाको पानीको मात्रा बढेर बहाव परिर्वन गरे चैनपुर बजारमा समेत जोखिम हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन अनुरोध गरिरहेका छन । सदरमुकाम चैनपुरका घर पसल बन्द गरेर बाहुली खोलामा आएको बाढी हेर्न स्थानियको घुइचो लागेको छ । 
 
बाहुलीगाडको उदगम स्थल तिर पर्ने सुर्मा र दौलिचौर गाविसमा क्षति भएको हुन सक्ने अनुमान गरिए पनि विवरण आइसकेको छैन । १६ वर्ष पछि बाहुली गाडमा आएको यो ठुलो बाढी भएको स्थानियहरुले बताएका छन । 
सदरमुकाम चैनपुर जोड्ने बाहुली गाडको झोलुङ्गे पुल बगाउदै , तस्बिर ः शैलेन्द्र रोकाया
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ