arrow

बाजुरामा पाठ्यपुस्तक अभाव

logo
प्रेम रौले,
प्रकाशित २०७३ साउन १ शनिबार
books.jpg.jpeg
बाजुरा । जिल्लामा पाठ्यपुस्तकहरुको अभाव देखिएको  छ । विद्याललय खुलेपछि सहज रुपमा विद्यार्थीहरुका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य जिल्ला शिक्षा कार्यालय बाजुराले लिइएको भएता पनि विकट गाविस विच्छ्या रुगिन लगायत गाविसहरुका विद्यालयमा  पाठ्यपुस्तक अभाव भएको हो ।
 
विद्यालय संचालन भएको ४ महिना पुगिसक्दा पनि पाठ्यपुस्तक नभएको नेविसंघका उपाध्यक्ष जनक थापाले बताए । उनले  ११ गाविसको शैक्षिक अवस्थाको अनुगमन गर्दा पाठ्यपुस्तकहरु नभएको पाइएको बताए । दुर्गम गाविसमा रहेको विच्छ्यामाविमा  पाठ्यपुस्तक नपुगेको थापाले भनाइ छ । 
 
पाठ्यपुस्तक खरिदका लागि जिल्ला शिक्षा कार्यालय बाजुराको कुल बजेट २ करोडमध्ये १५ लाख रुपैया फिर्ता गएको जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले बताएका छन् । पाठ्यपुस्तक अभाव भएको खवर आए पनि त्यसका लागि सम्वन्धित विद्यालयले कुनै जानकारी  नगराएको रेग्मीले बताए  ।
 
पाठ्यपुस्तको अभाव भएको खवर आउने गरेको भए पनि सम्वन्धित विद्यालययका प्रधानाध्यापकले कुनै जानकारी  नगराएको जिल्ला शिक्षा अधिकारी रेग्मीले बताए । पाठ्यपुस्तकका  लागि आएको रकम फिर्ता गर्ने कुनै मनखसाय नभएको र बारम्बर विद्यालयहरुलाइ सम्पर्क गरिरहदा पुस्तक अपुगको खवर नपाएको उनले बताए ।
 
 रेग्मीले पुस्तक नपुगेको विद्यालयले आधिकारीक रुपमा जिल्ला शिक्षा कार्यालय बाजुरालाइ जानकारी गराए रकम  फिर्ता नजाने उनको भनाइ छ । पुस्तक अभाव हुन नदिनका लागि जतिखेर पनि रकम विद्यालयलाइ दिन आफु तत्पर रहेको बताए ।  जिल्ला शिक्षा कार्यालय बाजुराले विद्यालयहरुलाइ दिउका भवनहरु भने  बालमैत्री नभएको पाइएको छ । फलामको भवन निर्माणले हिमाली भेगमा विद्यार्थीहरुलाइ चिसोमा बस्न समस्या हुने भएको छ । केन्द्रबाट नै स्टमेट बनेर आएकाले आफुले चाहेर पनि फेरबदल गर्न नसकिने जिल्ला शिक्षा अधिकारी रेग्मीले बताए । 
 
रेग्मीले २ सय १६  विद्यालयमा दिएका भवन निर्माण कार्य मध्ये १ सय ३७ वटा भवन निर्माण कार्य सकिएका छन्,भने ७९ विद्यालयका भवन निर्माण कार्य हुदै गरेको जानकारी दिए । काडा भवानी उच्च माध्यामिक विद्यालय र पशुपति उच्च माध्यामिक विद्यालयले स्टेमेट अनुसारको भवन निर्माण नगरेकाले दुवै विद्यालय जिल्ला शिक्षा कार्यालय बाजुराको कालोसुचीमा परेको रेग्मीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ