arrow

डा. केसीको मागको समर्थन गर्दै प्रदर्शन

logo
प्रकाशित २०७३ साउन १ शनिबार
kc.JPG.jpeg
काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनशन बसेका डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिएको छ । 
 
डा केसीले राखेको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो । प्रदर्शनमा ‘माथेमा प्रतिवेदन पूर्णरुपमा कायम गर, स्वास्थ्यमा गुणस्तर कायम गर, माफियाको मिसन सिटामोलमा कमिसन, डा केसीको अनशन मेडिकल माफियालाई टेन्सन, जनता लुट्न पाइदैन मेडिकल माफिया चाहिँदैन लगायतका नारा लगाइएको थिए । 
 
प्रदर्शनमा बिवेकशील नेपाली दल, राष्ट्रिय चिकित्सक शिक्षा सुधार अभियान, नेपाली समाज संस्था साथै चिकित्सक, नर्स, नागरिक समाज, लेखकलगायत दुईहजार व्यक्तिको सहभागिता रहेको थियो । 
 
प्रदर्शनमा डा सरोज धितालले मेडिकल क्षेत्रमा देखिएको विकृति र विसङ्गति चिर्न डा केसीको अनशन भएको बताए । उनले अनशन नेपाली जनताको हितमा भएको स्पष्ट पारे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ