arrow

उपाध्यक्ष गौतम भन्छन्, 'सरकार संविधानको धारा २९८ अनुसार गठन गर्न सकिन्छ'

logo
प्रकाशित २०७३ साउन १ शनिबार
काठमाडौं । नेपाल बार एशोसियसनका उपाध्यक्ष मोतिराज गौतमले नयाँ संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न सकिने स्पष्ट पारेका छन् । 
 
शनिबार रिपोर्टर्स क्लवले आयोजना गरेको साक्षात्कारमा उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पनि संविधानको धारा २९८ अनुसार गठन भएको, सोही धारा अनुसार नै अविश्वासको प्रस्ताव दर्ता भएकाले सोही धारा अनुसार नयाँ सरकार गठन गर्न सकिने ठोकुवा गरे । 
 
उपाध्यक्ष गौतमले राजनीतिक नेतृत्वमा नैतिकता नदेखिएको भन्दै शीर्ष नेताहरुमा राजनीतिक चरित्रता देखाउने वेला आएको बताए । उनले ‘संविधानमा गरिएको संक्रमणकालीन व्यवस्था सम्बन्धी धारा २९८ को उपधारा (२) मा यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको छ भने धारा २ सय ९६ को उपधारा (६) बमोजिम आह्वान गरिएकोव्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था रहेको उल्लेख गर्दै ओलीले नयाँ सरकार बन्न सक्दैन भन्नु आफ्नो सत्ता टिकाउने हठ भएको दाबी गरे । उनले थपे,‘यो राजनीतिक चरित्र होईन् ।’
 
उनले यतिवेला कानुनविदहरुले पनि आफू अनुकुलको व्याख्या नगरी मुलुकलाई निकास दिने गरि पहल गर्नुपर्ने सझाव दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ