arrow

आइतबारको संसदीय सुनुवाइ स्थगित

logo
प्रकाशित २०७३ साउन १ शनिबार
Samsad-bhawan2.jpg.jpeg
काठमाडौँ। संसदीय सुनुवाइ विशेष समितिको आइतबारका लागि तोकिएको बैठक स्थगित भएको छ । 
 
न्यायपरिषद्बबाट सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित दीपक कार्की र केदारप्रसाद चालिसेमाथि परेको उजुरीकाबारेमा आइतबार सुनुवाइ हुने कार्यसूची तय गरिएको थियो । समितिका सचिव ध्रुवप्रसाद घिमिरेले विशेष कारणबस आइतबारको सुनुवाइ स्थगन भएको जानकारी दिए । 
 
समितिले बैठक स्थगनको सूचना सदस्य र सुनुवाइका लागि आमन्त्रण गरिएका व्यक्तिलाई जानकारी गराइसकिएको उनले बताए । अर्को सूचना जारी नभएसम्मका लागि समितिको बैठक स्थगन भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ