arrow

पाकिस्तानी चर्चित मोडल कन्दिल बचोलको भाइबाटै हत्या

logo
प्रकाशित २०७३ साउन २ आइतबार
नयाँ दिल्ली । पाकिस्तानी एक चर्चित मोडल कन्दिल बचोलको उनकै भाइले हत्या गरेका छन् । उनकै भाइले शनिबार घाँटी थिचेर हत्या गरेको कन्दिलकै बाबुले प्रहरीलाई फोन गरेर बताएका छन् । 
 
उनको भिडियो र ट्वीट विश्वकप टी–ट्वेन्टीका बेलामा निकै चर्चित भएको थियो । उनी पाकिस्तानी भए पनि भारतीय क्रिकेटर विराट कोहलीकी फ्यान थिइन् । 
 
बचोलले केही समयअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा दिन अपीलसमेत गरेकी थिइन् । गृहमन्त्रीलाई सुरक्षा बढाउन चिठ्ठीसमेत लेखेकी थिइन् । 
 
२६ सालकी कन्दिललाई उनकै घरमा भाइले हत्या गरेका हुन् । पहिले उनलाई गोली हत्या गरिएको बताइएको थियो ।
 
ड्रामेबाज कन्दिलले सामाजिक सञ्जालमा खुवै नट्खट् भिडियो खिचेर पोष्ट गर्ने गर्थिन् । 
 
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भन्नुनभन्नु भनेकी थिइन् । पछि माफ मागेकी थिइन् । 
 
त्यस्तै विश्वकपका बेलामा पाकिस्तानले गरेको प्रदर्शनप्रति रुष्ट उनले ‘तिमीहरुले बेइज्यत कमायौ, हामीलाई कहिँका पनि छोडेनौ’ भनेकी थिइन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ