arrow

लागुऔषधसहित दुई पक्राउ

logo
प्रकाशित २०७३ साउन २ आइतबार
Nitrosun-Mogadon-Nitrazepam-Tablets-10mg.jpg.jpeg
पथरी । मोरङको विराटनगर–२१ बाट शनिबार साँझ प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी–१ आइतबारे बस्ने १८ वर्षीय गोविन्द विष्ट र सोही ठाउँका विक्रम चौधरी रहेका छन् ।
 
 लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई भारतीय बजार जोगबनीबाट पैदल आउँदै गर्दा भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट पक्राउ गरेको हो ।
 
प्रहरीले उनीहरुको साथबाट नाइट्रोसन १५० ट्याबलेट बरामद गरेको छ ।
 
लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई सीमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ