arrow

अवैध रुपमा गिट्टी बालुवा भारत निकासी

logo
प्रकाशित २०७३ साउन २ आइतबार
gitti-baluwa.jpg.jpeg
गौशाला ।  महोत्तरी जिल्लाको गौशाला नगरपालिकाभन्दा एक किलोमिटर पश्चिममा रहेको मरहा खोलाबाट अवैधरुपमा दैनिक १०० टेलर गिट्टी, बालुवा उत्खनन गरी भारत निकासी गर्ने गरिएको छ । 
 
स्थानीय बासिन्दाका अनुसार मरहा खोलाबाट अहिले दैनिक १०० बढी टेलर गिट्टी बालुवा उत्खनन गरी भारतको विभिन्न गाउँ ठाउँमा निकासी हुने गरेको छ । 
 
खोलाको दुवैपट्टि डिलमा गाउँ बस्ती रहे पनि सो खोलाको बीचमै डोजर र स्काइभेटर लगाएर ठूलठूला खाल्डाखुल्डी बनाइएको छ भने दैनिकरुपमा खोलामा तीव्ररुपमा उत्खनन भइरहेको स्थानीय नन्दन साहले बताए। 
 
सो खोलामा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म दर्जनौँ ट्र्याक्टर लामबद्ध रहेका हुन्छन् भने राति अबेरसम्म बालुवा, गिट्टी ढुवानी भइरहेको स्थानीय बताउँछन् । 
 
खोलामा उत्खनन गरिरहेका डोजर, स्काइभेटर र ट्र्याक्टरवालासँग खोला उत्खनन किन गरिरहेको र प्रहरी प्रशासनले केही भन्दैन भनी सोध्दा उनीहरुले पुलिस प्रशासन दैनिक यहाँ आउँछन् हेरेर जान्छन् तर हामीलाई केही भन्दैन भनी जवाफ फर्काएका छन् । 
 
यता यसबारे इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलसँग जिज्ञासा राख्दा हामीलाई खोला उत्खननबारे केही थाहा नभएको तथा यस्तो काम भइरहेको पाइएमा हामी तुरुन्त रोक्ने जवाफ दिन्छन्। 
 
त्यस्तै इलाका प्रशासन कार्यालय गौशालाले पनि आफूलाई मरहा खोलामा भइरहेको गिट्टी, बालुवा उत्खननबारे केही थाहा नभएको बताउँछन् । 
 
तर एक किलोमिटरको दूरीमा रहेको इलाका प्रहरी र इलाका प्रशासनलाई यसरी अवैधरुपमा मरहा खोला दोहन भइरहेको बारेमा जानकारी नहुनुलाई सो खोलाबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन र भारतसम्म निकासीमा तस्कर र प्रहरी तथा प्रशासनको मिलोमतोमै भइरहेको बुझिन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ