arrow

मौरिन्हो एक घाइते बाघ, म्यानचेष्टरको विजयी सुरुवात

logo
प्रकाशित २०७३ साउन २ आइतबार
mau.jpg.jpeg
काठमाडौं। इङ्लिश प्रिमियर लिग फुटबल सुरु हुन एक महिना पनि बाँकी छैन। त्यसका लागि अभ्यास भने सुरु भइसकेको छ। यसपटक लिगका चर्चित म्यानेजार हुन सक्छन् –जोजे मौरिन्हो। पछिल्ला केही उपाधि जित्न नसकेको लिगको इतिहासको सफल क्लव म्यानचेष्टर युनाइटेडको म्यानेजरका रुपमा देखिएका मौरिन्होले टिमलाई कता लैजालान् भन्ने चासो छ।
 
गत सिजनमा चेल्सीको उपाधि रक्षा गर्नु त कता हो चेल्सीको इतिहासमै अहिलेसम्मको खराव स्थितिमा झार्न अहम् भूमिका खेलेसंगै क्लवबाट बाहिरिएका मौरिन्होलाई म्यानचेष्टर युनाइटेडले बोकेको हो। मौरिन्होले टिमलाई कस्तो स्थितिमा लैजालान् त भनिरहेकै बेलामा उनको अभ्यासमा भने सुखद सुरुवात भएको छ। 
 
इपिएलको दोस्रो श्रेणीको क्लव विगान एथलेटिकसंग भएको सिजनको पहिलो मैत्रिपूर्ण खेलमा म्यानचेष्टर युनाइटेड २–० ले विजयी भएको छ । म्यानचेष्टरका लागि विलियम केन र एन्द्रिएस परेराले १–१ गोल गरे। रेड डेभिल्सले गरेको यो सुखद सुरुवातसंगै मौरिन्होले पनि म्यानचेष्टरमा सुखद सुरुवात गरेका छन्।
 
उनको रणनीति खेलाडीले कत्तिको अवलम्बन गर्लान् र विश्वकै ग्ल्यामरमध्येका एक मौरिन्होले चेल्सीलाई जत्तिकै म्यानचेष्टरलाई सफलता देलान् वा गत वर्षकै जस्तो हविगत भोगेर फर्केलान् त्यो त उनै घाइते बाघ मौरिन्होलाई थाहा होला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ