arrow

चीनले नेपाली राजनीतिमा खेलेको भारतको आरोप

logo
प्रकाशित २०७३ साउन २ आइतबार
OLI_XI_CHina.jpg.jpeg
काठमाडौं। प्रम केपी शर्मा ओली सरकारका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि सरकारले भारतले नेपालि राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाउँदै गर्दा भारतीय पत्रिका 'द हुन्दु'ले भारतीय सरकारको उच्च श्रोतलाई उदृत गर्दै चीनले नेपाली राजनितीमा खेलिरहेको आरोप लगाएको छ। 
 
ओली सरकारलाई बचाउन चिनयाँहरु लागि परेका छन्। उनीहरु सबै पार्टीका प्रभावशाली मानिसहरु भेटिरहेको भारतीय पक्षको आरोप रहेको छ। 
 
ओली सरकार ढाल्न भारत लागेको भन्ने आरोपको भारतले खण्डन गरेको छ। नेपालको राजनितीमा भारतले कुनै भुमिका नखेलेको र उनीहरु आफैले सबै निर्णय लिएको बताईएको छ। 
 
भारतीय पक्षको आरोप छ ' ओली बहुमत गुमाए पनि सत्तामा बसिरहन चाहान्छन् र उनको बहुमत पुर्‍याउन चीन लागिरहेको छ।' 
 
उक्त श्रोतले हिन्दुलाई भनेको छ ' ओलि सरकार राष्ट्रवाद बेचिरहेको छ तर मधेशको समस्या समाधानमा कुनै कदम नचाल्नमा चीनले हस्तक्षेप गरेको बुझिएको छ।' 
 
नेपाली राजनीतीमा दुई छिमेकी खुल्ला रुपमा लागेको यो पहिलो पटक होईन। भारतले आफ्नो प्रभाव प्रतक्षय देखाउने भए पनि चीन जहिले छद्म रुपमा काम गर्ने गरेको छ। चीन पछिल्लो समय बिस्तारै खुल्दै आईरहेको प्रष्ट देखिन्छ। 
 
चिनयाँ राष्ट्रपतिको नेपाल भर्मण गर्ने उद्देश्यकालागि पनि चिनयाँ पक्ष खुलेर लागेको हुनसक्ने संभावना रहेको बिश्लेषकहरुको भनाई छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ