arrow

हत्यापछि 'गोल्डेन म्यान'को १ करोड पर्ने सर्ट गायब

logo
प्रकाशित २०७३ साउन २ आइतबार
goldenman.jpg.jpeg
एजेन्सी । 'गोल्डेन म्यान' दत्ता फुगेको हत्या पछि उनको सर्ट पनि गायब भएको छ  । उनको सुनको सर्ट कसरी  गायब भयो सो कुराको प्रहरीले अनुसन्धान गरिरहेको छ ।   
 
प्रहरीको सोधपुछमा 'गोल्डेन म्यान'का छोरा शुभमले सो सर्ट चिंचवडको रांका ज्वेलर्समा रहेको बताएका थिए । प्रहरी उक्त स्थानमा पुगेर सर्ट खोज्दा पाएनन् ।  ज्वेलर्सका कर्मचारीका अनुसार फुगे सर्ट बनाए पछि पुन  ज्वेलर्समा देखिएनन् । प्रहरिको सामु सो सर्ट कहाँ गयो भन्ने प्रश्न बनेको छ ।
 
प्रहरीले फुगे हत्याको आरोपमा  अमोल कैलास पठारे, शैलेश सुर्यकान्त वालके, विशाल दत्ता पारखे, निवृत्ती किसन वालके, प्रमोद संताराम ढोलपुरीया र सुशान्त पवारलाई हिरासतमा लिइएको छ ।
 
उनको बिहिवार राति  हत्या भएको थियो । दिल्ली प्रहरिका अनुसार उनको हत्या ढुङगा प्रहारबाट भएको हो । 
 
 चिटफण्डका मालिक रहेका  उनको व्यवहारका कारण धेरै मानिसहरु उनि प्रति रुष्ट रहेको बताइएको छ । उनले केहि समय पहिले एक करोड भारतिय रुपैया बराबरको सुनको सर्ट सिलाएका थिए ।
 
बिहिवार रात  जन्मदिन कार्यक्रमबाट फर्कदै गरेका दत्तालाई अज्ञात सुमुहले ढुङगा प्रहार गरि हत्या गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ