arrow

महत्वपूर्ण निर्णयमा आवश्यक परामर्श गर्न देउवालाई पौडेलको सुझाव

logo
प्रकाशित २०७३ साउन २ आइतबार
ramchandra-paudel__426263120_816858152.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 
 
वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा रामशरण महतले सभापति देउवासँग मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् । 
 
देउवा निवास बूढानीलकण्ठमा आज भएको उक्त भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता डा महतले जानकारी दिए । 
 
भेटमा उनिहरुले सबै पक्षसँग आवश्यक सरसल्लाह गरेर शीघ्र पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभाग गठन गर्न पनि सभापतिलाई सुझाव दिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ