arrow

नयाँ बन्ने सरकारमा जान्नौँ : लक्ष्मणलाल कर्ण

logo
प्रकाशित २०७३ साउन २ आइतबार
laxman-lal-karna.jpg.jpeg
भक्तपुर। सद्भावनाका पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नयाँ बन्ने सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् । 
 
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ सरकार गठनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा(माओवादी केन्द्र) र नेपाली काँग्रेस गठबन्धनलाई सघाइने बताए । उनले भने, “मधेसको माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले नयाँ सरकार गठनमा माओवादी केन्द्र र काँग्रेस गठबन्धनलाई सघाउँछौ तर सरकारमा सहभागी हुँदैनौँ ।” 
 
उनले मधेसकेन्द्रित दलहरु नेकपा(एमाले)को विरोधी नभएको बताउँदै नयाँ बन्ने सरकारमा एमालेलाई समेत सामेल गरेर लैजाँदा देशले समाधान पाउने विश्वास व्यक्त गरे । 
 
 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एम्ं सांसद मीन विश्वकर्माले नयाँ सरकारको निर्माणमा संवैधानिक जटिलता नभएको जिकिर गर्दै भने–“सुशील कोइराला नेतृत्व सरकारपछि जसरी ओली नेतृत्वको सरकार गठन भयो, त्यसैगरी अब नयाँ सरकार गठन हुन्छ ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ