arrow

रोल्पामा छात्रछात्राका लागि सेनाले एनसीसी तालिम दिदै

logo
कविता उपाध्याय।
प्रकाशित २०७३ साउन २ आइतबार
army-ncc.jpg.jpeg
रोल्पा। बाल कल्याण उच्च माध्यमिक विदयालय लिबाङ रोल्पामा आजदेखि सि.सं.४३ एनसीसी तालिम शुरु भएको छ। खड्गदल गण लिबाङ रोल्पाको आयोजनामा संचालित तालिममा बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पाका ७२ जना छात्रछात्राहरु सहभागि भएका छन्। ७९ दिनको संस्थागत तालिम र २१ दिनको वार्षिक क्याम्प गरी तालिम कूल १०० दिन सम्म चल्ने छ।
 
विद्यमान युवा विकास कार्यक्रमलाई क्रमिक रुपमा विस्तार गरी मूलुक भरीका माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरुलाई प्रासंगिक एवम् सान्दर्भिक तालिम प्रदान गरी उनीहरुमा अनुभव तथा क्षमता अभिबृद्धि गराउनुका साथै राष्ट्रप्रतिको उपयोगितालाई बढाउदै लैजाने उद्देश्यका साथ तालिमको आयोजना गरिएको खड्गदल गण लिबाङ रोल्पाका गणपति प्रमुख सेनानी प्रकाशबहादुर चन्दले जानकारी दिए। 
 
उहाँका अनुसार शारिरीक, एरोबिक्स, ड्रिल, सैनिक कला, साहसिक तालिम तथा बिपद् ब्यवस्थापन सम्वन्धी तालिमका साथै ब्यक्तित्व विकास गराउने किसिमका विषयहरु तालिममा समावेश गरिने छन्।
 
उद्घाटन कार्यक्रममा बोल्दै गणपति चन्दले राष्ट्रिय सेवा दल ऐन २०२७ मा आधारित रहेर अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श बाक्य लिएको सेवा दलले हाल सम्म कूल २२ हजार ९ सय ३८ जना क्याडेट छात्रछात्राहरुलाई सफलता पूर्वक तालिम दिइसकेको जानकारी दिए। 
 
यसरी तालिममा २०७१ सालमा बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पाका ३६ जना, दोश्रो ब्याजमा २०७२ सालमा ७२ जना र २०७३ सालमा ७२ जना विद्यार्थीहरु सहभागि हुन पाएकोमा प्राचार्य मधुसुदन पोखरेलले खुशी ब्यक्त गरे। उहाँका अनुसार हाल सम्म पहिलो ब्याजका तीन जना छात्रछात्राहरु युथ एक्सचेन्ज कार्यक्रमका लागि दिल्ली र दोश्रो ब्याजबाट १ जना छात्र श्रीलंका जाने अवसर पाइसकेका छन्। 
 
प्राचार्य पोख्रेलले भने यो तालिमका लागि जिल्लाबाट लगायतार ३ वर्षबदेखि हाम्रो  विद्यालय छनौट भइराख्नु हाम्रा लागि सवर्ण अवसर हो म यसमा गर्व गर्छु । यो तालिमले छात्रछात्राहरुमा नेतृत्व विकास, खेलकूदमा प्रतियोगितात्मक भावना, भाइचाराको विकास, विपद् ब्यवस्थापनको जानकारी, प्राथमिक उपचार कलाको विकास, लागु पदार्थ ओसार पसार सम्वन्धी जनचेतनाको विकास गर्न सहयोग पुर्‍याएको छ । जसका कारण तालिमले समाजमा कुशल नागरिक विकास गर्न मद्धत पुर्‍याएको छ। 
 
बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, स्थानीय विकास अधिकारी सुशील बैद्य, प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगर, प्रमुख अनुसन्धान अधिकृत नरेन्द्रराज गिरी, विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरु लगायत सर्वसाधारणको पनि उपस्थिति रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ