arrow

रोल्पामा सहायक प्रजिअ वास्तोलाको दादागिरि, सेवाग्राहीको सातो लिदै

logo
एलवी मगर।
प्रकाशित २०७३ साउन २ आइतबार
Rolpa-hamrakura.jpg.jpeg
रोल्पा। जिल्ला प्रशासन कार्यालय रोल्पामा केहि महिना अगाडिदेखि सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारीको दादागिरि अझै रोकिएको छैन्। ति अधिकारीका कारण सोझासाझा रोल्पाली जनताले सास्ती खेपिरहेका छन्। 
 
करिव १ वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय रोल्पामा आएका सहायक प्रजिअ अनुनय बास्तोलाले कार्यकक्ष सम्हालेको ३ महिनादेखिनै कार्यालयमा सेवाग्राही माथि दादागिरि देखाउँदै दुःख दिन थालेका हुन्। विभिन्न समयमा सेवाग्राहीहरुसंग विभिन्न विबादमा मुछिदै आएका सहायक प्रजिअ पछिल्लो समयमा पनि विबादमा मुछिदै आएका हुन्। 
 
नेपाल सरकारले निजामती कर्मचारीहरुलाई मुस्कान सहितको सेवा दिन भनेपनि रोल्पाका सहायक प्रजिअलाई यो नीतिले छोएको छैन्। बरु उनमा सेवाग्राही माथि गरिने व्यवहार र शैली निरंकुस र तानाशाही प्रवृतिको रहेको सेवाग्राहीको गुनासो रहेको छ। अन्य कार्यालयको तुलनामा अत्यन्त भिडभाड र व्यस्त रहने जिल्ला प्रशासन कार्यालयमा सरकारी काम काजका लागि आउने सेवाग्राहीहरुलाई सहायक प्रजिअको रुखो व्यवहारले हैरानै बनाएको गुनासो बारम्बार सेवाग्राहीहरुले गर्दै आए पनि यसको सुनुवाई भने हुन सकेको छैन्। 
 
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा जिल्लामा हुने विभिन्न बैठकहरुमा व्यस्त हुने हुँदा सेवाग्राहीहरु सहायक प्रजिअकै दादागिरि खेप्न बाध्य भएका छन्। आइतबार विहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा प्रशासनको सिफारिस पत्र लिनका लागि प्रजिअलाई कुरेर बसिरहेका र सिफारिस पत्रमा फोटो टाँस्नका लागि कार्यालयमा रहेको ‘ग्लु–स्टिक’प्रयोग गर्न समेत नदिने र प्रयोग गर्दा थर्काउने कार्यले रोल्पाली सोझासाझा जनता आजित भएका छन्। 
 
कार्यालयका नायव सुब्बा पदम भट्टराईले ग्लु–स्टिक दर्ता चलानी कक्षमा प्रयोग गर्न सुझाएपछि त्यहाँ फोटो टाँसिरहेका सेवाग्राहीलाई सहायक प्रजिअ बास्तोलाले कुनै सोधपुझ नगरि ठाडै गालि गलौज गर्दै हप्काएपछि कार्यालय भित्र सर्वसाधरण उनको अगाडी तर्सिने अवस्था आएको हो। 
 
कार्यालयको सामान्य बस्तुको सेवाग्राहीले प्रयोग गर्न मनाहि गर्दै धम्क्याएपछि अहिले उनको निरंकुश शैलीको विरोध शुरु भएको छ। सेवाग्राहीका अलवा कार्यालयमा कार्यरत तल्लोस्तरका कर्मचारीहरुलाई पनि उनको निरंकुस शैली र दादागिरिले हैरानै बनाएको बताइएको छ। द्वन्द्वको ठुलो मारमा परेका रोल्पाली जनताले सहायक प्रजिअको दादागिरि र निरंकुस शैलीको व्यवहार देख्दा मुलुकमा गणतन्त्र आएको प्रत्याभुति पाउन नसकेको गुनासो गरेका छ्न्। रोल्पाली जनताहरुले यस्ता प्रवृति भएका सहायक प्रजिअलाई सरकारले कहिले सम्म रोल्पामा छाडा छोडी रहने हो भनेर प्रश्न समेत गर्न थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ