arrow

देश बजेटवीहिनको अवस्थामा पुग्नुको कारण ‘अपवित्र’ गठबन्धन सरकार: कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले वर्तमान देश बजेटवीहिनको अवस्थामा पुग्नुको कारण ‘अपवित्र’ गठबन्धन सरकार र व्यवस्थाको असफलता भएको बताएका छन् ।

थापाले समयमा बजेट पारित नभएकाले नेपालको ईतिहासमा पहिलोपटक देश ‘गभर्मेन्ट सटडाउन’को अवस्थामा पुग्नुले वर्तमान ‘अपवित्र’ गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको जिकिर गरे । 

विहीबार सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघीय गणतन्त्रको चिरहरण गरेको समे आरोप लगाए ।

यता, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको सत्ता पक्षीय नेताहरुले आरोप लगाएका छन् ।

नियमित र अवरोधले प्रतिनिधिसभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारबाट सरकारी खर्च गर्ने बाटो बन्द भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ